माओवादी केन्द्र कञ्चनपुरका नेताहरुले अर्थमन्त्री प्रभाकरसंग भने, ‘वाढीपीडितलाई यथाशिघ्र राहत दिनुप¥यो’


कञ्चनपुर : नेकपा माओवादी केन्द्र कञ्चनपुरका स्थानीय नेताहरुले संघीय सरकारका अर्थमन्त्री जनार्दन शर्मा (प्रभावकर)संग वाढीपीडितलाई राहत, किसानको क्षति भएको अन्नबाली, घरधन भौतिक संरचनाको क्षति र किसानको धान यथाशिघ्र खरिद गर्नुपर्ने माग अघि सारेका छन ।

माओवादी केन्द्र कञ्चनपुरका नेता एव सुदूरपश्चिम प्रदेश भूमि ब्यवस्था, सहकारी तथा कृषि राज्य मन्त्री मान बहादुर सुनार, नेकपा माओवादी केन्द्र भिमदत्त नगर कमिटी पूर्व ईन्चार्ज कृष्णदत्त जोशी(बोक्सुर) भीमदत्त नगर कमिटी उपाध्यक्ष पूर्णानन्द जोशी, ९ बार्ड पार्टी अध्यक्ष भानुभक्त जोशी सहितको टोलीले अर्थमन्त्रीसंग कञ्चनपुरको वाढि समस्या लगायतको विषयमा माग अघि सारिएको छ ।

माओवादी नेताहरुले हालसम्म बाढी पिडितले पाऊने राहत,भूमि हिन किसानका समस्या, ब्रम्हदेवको खेलकुद स्थल, खल्ला(मसेटीमा तटबन्ध,दोधारा(चाँदनी महाकाली पुल निर्माण,शारदा पिठ भम्केनी धाम नेपाल आमाको ७५ फिट अग्लो मूर्ति निर्माण र मन्दिर बारे सरकारको ध्यानाकर्षण सहित बिविध समस्याहरू माथि छलफल सॅगै भेटघाट र समयमा नै समाधान गर्न ध्यानाकषर्ण गराएका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img