कञ्चनपुर : नेकपा माओवादी केन्द्रका युवा नेता तथा प्रतिनिधि सभा सभामुखका स्वकीय सचिव नवराज ऐरको बिदाई गरिएको छ । नेकपा माओवादि केन्द्र शुदुरपश्चिम प्रदेश कमिटी सदस्य तथा वाइसीएल नेपाल केन्द्रीय स्थायी कमिटी सदस्य समेत रहेकाले सम्माननीयको सचिवालयमा समय दिन नसक्ने भएको भन्दै युवा नेता ऐरको बिदाई गरिएको हो ।
हालैमात्र सम्पन्न सम्मेलनहरुबाट कञ्चनपुरका युवा नेता नवराज ऐरले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा वाइसियल नेपालको स्थायी कमिटी सदस्यको पदभार ग्रहण गरेका छन् ।

नेकपा माओवादी केन्द्रका एक सक्रिय युवा नेताका रुपमा रहेका ऐर प्रतिनिधिसभाका सभाभुख अग्निप्रसाद सापकोटाको सचिवालयमा स्वकीय सचिवका रूपमा २०७६ साल माघ महिनादेखि कार्यरत रहनुभएको थियो । सम्माननीय सभामुख सापकोटाले सम्मान पत्र तथा दोसल्ला ओढाई सभामुखको कार्यालयमा पुर्याउनु भएको योगदानको उच्च मुल्यांकन गर्दै स्वकीय सचिव रहनुभएका ऐरलाई बधाई तथा शुभकामना सहित बिदाइ गर्नुभएको छ । कञ्चनपुरको विद्यार्थी आन्दोलनका लोकप्रिय नेता रहेका ऐर अहिले नेकपा माओवादी केन्द्रको मूल पार्टी राजनीतिमा सक्रिय रहेका छन् ।

यसअघि नै आफूले सभामुखको सचिवालयमा समय दिन नसके भन्दै राजिनामा पत्र लेखेका थिए । पार्टी र संगठनमा समय दिनुपर्ने भएकाले सभामुखको सचिवालयमा गर्दै आइरहेको कामबाट विराम दिनुपरेको उनले प्रतिक्रिया जनाएका छन् । नेता नवराज ऐरले २१ महीना सभामुखको सचिवालयको कार्यकालमा सहयोग गर्नुहुने सबैलाई धन्यवाद भन्दै अबको यात्रा निरन्तर राजनीतिमा रहने जानकारी फेसबुक मार्फत दिनुभएको छ ।







