कञ्चनपुर : मुक्त हलिया, सशक्तिकरण (अधिकार) परियोजना अन्तर्गत मुक्त हलिया, महिला र अपाङ्गता भएका व्यक्तिहरुको मानवअधिकार उल्लङ्घनका मुद्दाहरु व्यवस्थापन सम्बन्धी ३ दिने तालिम आयोजना गरेको छ । तालिम पाेष ६ गते देखि ८ गते सम्म रहने छ ।

युरोपियन युनियनको आर्थिक सहयोग र सहायेगी संस्था फेल्म नेपाल, लुथरन विश्व फेडेरेशन नेपाल, काहुराष्ट्र नेपालको आयोजनामा उक्त कार्यक्रमको आयोजना गरिएको बैतडी, डडेल्धुरा, बझाङ्ग, डोटी, कञ्चनपुर गरी पाँच जिल्लाका मुक्त हलिया परिवारलाई मानवअधिार सम्बन्धी प्रशिक्षण दिईन लागेको हो ।

मानव अधिकार सम्बन्धी वकालत गर्दै आउनु भएका अधिवक्ता अच्युत आचार्य तथा काहुराष्ट्र नेपालका तथा मानवअधिकार कर्मी सरला महार्जन मुख्य प्रशिक्षिक रहनु भएको छ । मुक्त हलिया अधिकारको लागि लड्दै आएका विभिन्न वक्ताहरुको पनि प्रस्तुति रहेको छ । कार्यक्रम सञ्चालन काहुराष्ट्रका गोबिन्द महतले गर्नु भएको छ ।

विभिन्न जिल्ला बाट आएका मुक्त हलिया परिवारलाई आफ्नो अधिकार सहित समुदायको अधिकार कसरी र कहाँबाट प्राप्त गर्न सकिन्छ । मानव अधिकार भित्र के के पर्छन ? र कसरी प्राप्त गर्ने भन्ने बारे प्रशिक्षण दिन लागेको हो ।






