१९ विद्यालयमै अब्बल रेजिना


भीमदत्त : गते भीमदत्त नगरपालिका वडा नम्बर ५ मा स्थीत प्रकाश मेमोरियल पब्लिक स्कुल वनगाँउको आयोजना तथा गुगुल्डि वाङ्मय प्रतिष्ठानको सह –आयोजनामा अन्तर विद्यालय स्तरीय आधारभूत तथा माध्यमिक तह वक्तृत्वकला प्रतियोगिता कार्यक्रम एवं साहित्यीक अन्तरक्रिया तथा श्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष निलम आले गुरुङको सभापतित्व एवं सुदुरपश्चिम प्रदेश सभा सांसद तथा पुर्व उद्योग ,पर्यटन तथा वन एवं वातावरण राज्य मन्त्री माननीय प्रकाश रावलको प्रमुख आतिथ्यता एवं सुदुरपश्चिम विश्वविद्यालयका पुर्व डिन डा.टेकराज पन्तको विशिष्ट अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । उक्त वक्तृत्वकला प्रतियोगिता कार्यक्रममा २५० बढी व्यक्तिलाई सम्मान गरीएको थियो । लामो समय भाषा,साहित्य,कला,संस्कृती ,समाजसेवामा योगदान पुर्याउने व्यक्तित्वलाई कार्यक्रमका प्रमुख अतिथी पुर्व राज्य मन्त्री एवं पुर्व डीनले सम्मानित गरेका थिए ।

साहित्यकार डम्बर शर्मा बडु, नारा जोशी, उत्तम विष्ट, गोविन्द सिंह विष्ट, राजेन्द्रं बहादुर चन्द, अम्बा दत्त जोशी, सरस्वती भाट धामी, सरीता पन्थी, कृष्ण दत्त चटौत , कोशराज बोहरा, हेमन्ती चौधरी, सिता पुजारा , धनी चन्द, रामरमण हंश, वाशुदेव विरही, प्रिती भट्ट, कविराज भट्ट, प्रेम प्रकाश कलौनी, रमेश पन्त मितबन्धु , वीर बहादुर विष्ट लगायत विभिन्न विद्यालयका विद्यार्थी एवं सहभागी शिक्षक सम्मानित भएका थिए ।

अन्तर विद्यालय स्तरीय आधारभूत तथा माध्यमिक तह वक्तृतवकला प्रतियोगिताको आधारभूत तहतर्फ सामुदायिक र संस्थागत १९ विद्यालयका विद्यार्थीहरु सहभागी भएका थिए । प्रमुख अतिथी पुर्व राज्यमन्त्री रावलको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगिताको निर्णायक मण्डलको संयोजकमा माध्यमिक तह प्रथम श्रेणीबाट सेवानिवृत शिक्षक गोविन्द विष्ट हुनुहुन्थ्यो भने सदस्यमा सेवा निवृत शिक्षक एवं साहित्यकार नारा जोशी एवं प्र.अ. तथा साहित्यकार उत्तम विष्ट हुनुहुन्थ्यो ।

उक्त प्रतियोगीताको आधारभुत तहमा प्रथम हुने छात्रा प्रकाश मेमोरियल पब्लिक स्कुल भीमदत्त न.पा.५ वनगाँउमा कक्षा ८ मा अध्ययनरत रेजिना पन्त हुन । भीमदत्त न.पा. ६ वनगाँउ बस्ने रेजिना पन्त अत्यन्त इमान्दार र मेहेनती रहेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष नीलम आलेले बताउनु भयो । सहभागी १९ वटै विद्यालयमा प्रथम भएर विद्यालय एवं समग्र क्षेत्रको सान बढाएको विद्यालय संयोजक मुकेश प्रसाद पाण्डेयले बताउनु भयो । उत्कृष्ट विद्यार्थी रेजिनालाई हाल विभिन्न ठाँउबाट बधाइ दिनेको ओइरो लागिरहेको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img