कञ्चनपुरमा मलको हाहाकार ! किसान जहिल्यै पिरलो, तस्करलाई मालामाल


कञ्चनपुर : कञ्चनपुरमा ७० हजार हेक्टरजति जमिन खेतियोग्य रहेको छ । जसमध्ये ५६ हजार ६०२ हेक्टर जमिनमा खेती गरिएको छ । खेती गरिएको जमिनको बालीनालीका लागि बार्षिक औषत २२ हजार मेक्ट्रिकटन रसायिनक मल आवश्यक पर्छ । तर, कञ्चनपुरमा माग अनुरुप मल आपूर्ति भएको छैन । मागको तुलनामा ७ हजार मेक्ट्रिकटन मात्रै मल आपूर्ति भईरहेको छ । मागको तुलनामा एक भाग मात्रै सरकारी अनुदानको मल आपूर्ति भईरहेको छ । विभिन्न बालिनाली गरिएको खेती अनुरुप कञ्चनपुरमा १४ हजार यूरिया, ५ हजार डिएपी र ३ हजार मेक्ट्रिकटन पोटास आवश्यक पर्छ । तर, मल आपूर्तिकर्ता साल्ट ट्रेडिङ्ग कर्पोरेशन र कृषि समाग्री कम्पनी मार्फत हरेक बर्ष यूरिया ४ हजार, डिएपी २ हजार र १ हजार मेक्ट्रिकटन मात्रै आपूर्ति भईरहेको छ । कृषि ज्ञान केन्द्र कञ्चनपुरका कृषि अधिकृत हरिदत्त जोशीले बार्षिक रुपमा विभिन्न बालीनालीका लागि आवश्यक पर्ने रसायनिक मल अनुरुप जिल्लामा आपूर्ति नहुँदा समस्या भईरहेको बताए । ‘किसानले प्राङगारिक मल उत्पादन गर्न छाडे, सबैले रसायनिक मलकै उपभोग गर्छन, माग अनुरुप सरकारले आपूर्ति गर्न सकेको छैन, त्यही भएर मलको जहिले पनि हाहाकार भईरहन्छ ।’

यस अघिका बर्षहरुमा पनि माग अनुरुप मल आपूर्ति नहुँदा किसान जहिले पनि मारमा गर्दै आएका छन । भने तस्कर समुहले भारतबाट मल तस्करी गरेर महङगो मुल्यमा बेच्दै आएका छन । सरकारले कृषि समाग्री कम्पनी र साल्ट टे«डिङ मार्फत अनुदानको तीन प्रकृतिको रसायनिक मल आपूर्ति गर्दै आएपनि कञ्चनपुरमा हरेक बर्ष जस्तै यस बर्षपनि खेतीको सिजनमा मलको चरम अभाव भईरहेको छ । लालझाडी गाँउपालिका ३ नन्दगाँउका किसान मदन रानाले सहकारी मार्फत सरकारी अनुदानको मल खरिद गर्न नपाएको बताए । ‘हाम्रो यहाँपनि विभिन्न सहकारी मार्फत अनुदानको मल बिउ वितरण हुन्छ, उनीहरुले आफन्तलाई मात्रै मल बिक्रि वितरण गर्छन, ‘हामीले चर्को मुल्य तिरेर बाह्यबाट किन्नुपर्छ ।’
शुक्लाफाँटा नगरपालिका १ बन्साहका किसान प्रविण महराले सरकारले किसानका लागि आपूर्ति गर्ने मलमा दलालिकरण देखि कमिसनको खेल हुने भएकाले किसानले सरकारले दिने मत नपाएको बताए ।

बेलौरी नगरपालिका १० सडक घाटका किसान पदम चौधरीले सरकारी अनुदानको मल नपाउँदा जिल्लाका अधिकाँस किसानले भारतबाट चोरी तस्करी गरेर ल्याएको गुणस्तहिन मल प्रयोग गर्न बाध्य भएको बताए । ‘सरकारी अनुदानको मालमा सहकारीको रजाई हुन्छ, ‘उनले भने, ‘अधिकाँसले भारतबाट चोरी तस्करी गरेर ल्याएको मल प्रयोग गर्छन ।’
सीमा क्षेत्रमा वास्तविक किसानले मल ल्याउँदा सशस्त्र प्रहरीले रोकेर अनावश्यक दुख दिने ठुला तस्कर र व्यवसायीलाई छाड्ने उनीहरुले नै फेरी तस्करीको मल बजारमा महङगो मुल्यमा बेच्दै आएको किसानले पीडा पोखेका छन ।
सरकारले कञ्चनपुरका लागि कृषि समाग्री कम्पनी मार्फत तोकेको लक्ष्य अनुरुप समेत मल आपूर्ति समेत गर्न सकेको छैन । कृषि समाग्री कम्पनी शाखा कञ्चनपुर मार्फत यूरिया, डिएपी र पोटास सहकारी मार्फत बिक्रि वितरण भईरहेको छ । कृषि समाग्री कम्पनी शाखा कञ्चनपुरका प्रमुख बल बहादुर शाहले जिल्लाका लागि लक्षित गरिएको मल समेत भैरवाह कृषि समाग्री कम्पनीले कञ्चनपुरमा आपूर्ति नगरेको बताए । उनका अनुसार चालु आर्थिक बर्ष ०७८/०७९मा २५सय युरिया, १८ सय डिएपी र ७० मेक्ट्रिकटन मल लक्ष्य राखेपनि दोस्रो गहुँको सिजनसम्म १५ सय १९.४ यूरिया, ४सय ३.८ डिएपी र २९.४मेक्ट्रिकटन पोटास मात्रै आपूर्ति भएको छ ।

उनका अनुसार आएको मल जिल्लाका ९ वटै पालिकाले सिफारिस गरेका १सय १४ सहकारी मार्फत वितरण गरिएको बताए । ‘यहाँ मल आपूर्तिमा भैरवाहको कमजोरी छ, ‘उनले भने, ‘कोटा तोकेपनि त्यही अनुरुप समयमै मल आपूर्ति नगर्ने ठेकेदारमाथि भैरवाहले कार्बाही पनि गर्दैन, न समयमै ढुवानी गराउँछ ।’ साल्ट टे«डिङ्ग कर्पोरेशन कम्पनी महेन्द्रगर शाखाका प्रमुख दिपक भट्टले माग अनुरुप कहिल्यै पनि माथिबाट मल आर्पूति नभएको बताए । उनका अनुसार गत बर्ष १ हजार १ सय ७१ यूरिया, ९ सय २३ डिएपी र २५ मेक्ट्रिकटन पोटास बिक्रि गरिएको बताए । ‘माथिल्लो कार्यालयबाट कञ्चनपुरमा कोटा समेत निर्धारण नगरिएको बताए । उनका अनुसार दामाशाही अनुरुप मल पठाईन्छ । चालु आर्थिक बर्ष २०७८÷०७९ को मंसिर मसान्त सम्ममा ५ हजार ४० बोरा यूरिया, ४ हजार ४सय ४१ बोरा डिएपी र ८०६ बोरा पोटास विक्रि गरिएको बताए । उनका अनुसार जिल्लाका ८४ सहकारी मार्फत मल वितरण भईरहेको छ ।

प्रति क्विन्टल ८ सय ८१ रुपैया यूरिया, २ हजार ३ सय ३१ डिएपी र १ हजार ७ सय ३१मुल्य भएपनि किसानले मल अभावका कारण दोब्बर चर्को मुल्यमा मल खरिद गर्नुपर्ने बाध्यता रहेको छ । किसानको माग अनुरुप सरकारी निकायबाट मल नपाउँने समस्या रहेको सहकारीकर्मीले बताएका छन । भीमदत्त नगरका सहकारीकर्मी प्रेमसिह भाटले कञ्चनपुरका लागि तोकिएको कोटा अनुरुप कृषि समाग्री कम्पनी भैरवाह मार्फत मल आपूर्ति नहुँदा समस्या भईरहेको बताए । ‘हाम्रो जिल्लाका लागि तोकिएको कोटा अनुरुप मल समयमै कहिल्यै ढुवानी हुँदैन, ‘उनले भने, ‘मल ढुवानी ठेकेदार कृषि समाग्री कम्पनी प्रदेश कार्यालय भैरवाहको मुख्य बदमासीले किसानले समयमै मल नपाउने समस्या छ ।’ सहकारीले आफैले जोखिम मोलेर सिधै भैरवाहबाट मल ल्याएर समेत किसानलाई वितरण गरेको बताए । समयमै मल आर्पूर्ति र नेपालमै रसायनिक मल उत्पादन नहुँदासम्म किसानले जहिल्यैपनि समस्या खेप्नुपर्नेछ ।


Loading Viewer...

ताजा समाचार

spot_img