प्रशिक्षण केन्द्र कञ्चनपुरलाई समाजसेवी धामीद्धारा भलिबल सहयोग


कञ्चनपुर: जिल्लाको सदरमुकाम महेन्द्रनगरमा रहेको भलिबल प्रशिक्षण केन्द्रलाई समाजसेवी धामीले भलिबल सहयोग गरेको छ। No description available.पौष ५ गते सोमबार एक कार्यक्रमका साथ शुक्लाफाँटा नगरपालिका वडा न.८ बस्ने समाजसेवी हरिश सिंह धामीले भलिबल प्रशिक्षण केन्द्र कञ्चनपुर लाई जिल्ला भलिबल संघका सदस्य भरत बहादुर चन्द र टेकेन्द्र राज पाठक को उपस्थितिमा सात वटा मिकासा बल हस्तान्तरण गरिएको हो। No description available.प्रशिक्षण केन्द्रमा प्रशिक्षणमा रहेका पुरुष र महिला खेलाडीहरु लाई निरन्तर अभ्यास ( प्रशिक्षण) मा सहयोग पुगोस् भन्ने उद्देश्यले भलिबल सहयोग गरेको समाजसेवी हरिश सिंह धामिले बताउनु भयो।

जिल्लाको सदरमुकाम महेन्द्रनगरमा जिल्ला प्रशिक्षण केन्द्र कञ्चनपुरका मुख्य प्रशिक्षक जगदीश प्रशाद भट्ट र लाल बहादुर बटालाको प्रत्येक्ष निगरानीमा महिला र पुरुष गरि ८० जनाले प्रशिक्षण लिइरहेका छन् ।


ताजा समाचार

spot_img