भीमदत्त नगरपालिकाको आधुनिक प्रशासनिक भवन निर्माण हुँदै


कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिका कार्यालयको आधुनिक प्रमुख प्रशासकीय भवन निर्माण हुन लागेको छ । भवन निर्माणको प्रकृया गत आर्थिक बर्ष २०७७/०७८ मै भएपनि निर्माण कम्पनीले चालु आर्थिक बर्ष २०७८/०७९ मंसिरमा आएर शुरु गरेको छ । भीमदत्त नगरका ईन्जिनियर जयराज भट्टले भवन निर्माण स्थलमा भएका पुरानो भवन सहितको क्षेत्र खाली गर्न समय लागेको बताए । ‘सम्झौता ०७८ जेठमै भएको हो, ‘उनले भने, ‘भवन निर्माण स्थलमा अर्को पुरानो भवन भएकाले हटाउन समय लाग्यो, काम शुरु भईरहेको छ ।’ उनका अनुसार अनक–जोशी जेभीले १४ करोड, ५९ लाख रुपैयामा ठेक्का पाएको छ ।

सम्झौता अनुरुप निर्माण कम्पनीले १२ जेठ ०८० भित्रै निर्माण गरिसक्नुपर्ने छ । निर्माण कार्य समेत दुत गतिमा अघि बढेको बताउदै उनले ठुलो योजना भएकाले प्रविधिक विज्ञ छनौटका लागि कन्सल्टेन्सी सूचिकृत गरिएको छ । लिप्टसहितको आधुनिक भवन निर्माण हुने भएकाले विज्ञ आवश्यक पर्ने उनको भनाई छ । भीमदत्त नगरका प्रवक्ता हिमाल चन्दले ठाँउ अभाव भएकै कारण नयाँ प्रशासकीय भवन निर्माण हुन लागेको बताए । उनका अनुसार वडा सहितको प्रमुख प्रशासकीय भवन निर्माण भईरहेको छ ।

‘हामीले चुनाव जितेकै बर्ष भवन निर्माणका लागि निर्णय गरेका थियौँ, ‘उनले भने, ‘यो हाम्रो लागि भन्दा पनि आम नगरबासीको सहज सेवाका लागि हो, देखिने काम पनि भएको छ ।’ निर्माण हुने तीन तले भवनबाटै सबै उपशाखा, शाखाको सेवा प्रवाह हुनेछ । एकद्वार प्रणालीबाट सेवा शुरु हुने उनले बताए । भवन निर्माण भएपछि कर्मचारी र जनप्रतिनिधीमा छुट्टै उर्जा आउने बताए ।


Loading Viewer...

ताजा समाचार

spot_img