ग्रासरुट फुटबल प्रशिक्षण शुरु


कञ्चनपुर : कञ्चनपुरको भिमदत्त नगरपालिका–१८ अन्तर्गत निम्वुखेडा खैरभट्टीस्थित लक्ष्मी माध्यामिक विद्यालयमा ग्रासरुट फुटबल प्रतियोगिता प्रशिक्षण शनिबारदेखि शुरु भएको छ ।नेकपा (एकीकृत समाजवादी)का सुदूरपश्चिम खेलकुद विभाग संयोजक नविनकुमार धामीले एक समारोहकाबीच प्रशिक्षण कार्यक्रमको उद्घाटनगर्दै खेलकुद क्षेत्रको विकास बिना मुलुकको दिगो विकास सम्भव नहुने बताए । एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा खेलकुद गतिविधीमा तिब्रता लिने धामीले बताए ।

No description available.

द ग्यालेक्सी युथ क्लबको आयोजना र प्रभु बैंकको सहयोगमा विद्यालयस्तरबाटै फुटबल खेलमा विद्यार्थीहरुको सहभागिता बढाउन प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमको समुद्घाटनगर्दै प्रमुख अतिथी एकीकृत समाजवादीका खेलकुद विभाग संयोजक धामीले दुब्र्यसन र कुलतमा फस्न सक्ने उमेरका बालबालिकाहरुलाई खेलकुदप्रति आकर्षितगर्दै उनीहरुको भविष्य उज्वल बनाउने उदेश्यले सञ्चालन गरिएको प्रशिक्षण कार्यक्रम उपलब्धीमुलक हुने विश्वास ब्यक्त गरे ।

No description available.

राष्ट्रवादी नेता स्व.प्रेमसिँह धामीका जेष्ठ सुपुत्र नविनले पछिल्लो समय एकीकृत समाजवादीमा खुलेर राजनीति गरिरहेका छन । यसअघि एमाले राजनीतिमा रहेका नविनले राजनीतिमा खासै सकृयता नदेखाए पनि हाल एकीकृत समाजवादीको राजनीतिमा भने निकै सकृय भएर काम गरिरहेको एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश समितिले जनाएको छ । २०५१ सालमा पहिलो पटक एमालेको सरकार गठन हुँदा सुदूरपश्चिमबाट मन्त्री बनेका स्व. धामीले भारतीय पक्षले कालापानी क्षेत्रमा नेपाली भूमि अतिक्रमण भएको बिषयमा जोडदार ढंगले आवाज उठाउँदै आएका थिए ।


Loading Viewer...

ताजा समाचार

spot_img