पुर्व माओवादी नेता लेखराज भट्ट एमाले सुदूरपश्चिमको कमाण्डर

ओली निकट नेतालाई जिम्मेबारी, पार्टीमा फर्किएका नेपाल पक्षका नेतालाई पाखा


कञ्चनपुर: पुर्व माओवादी नेता लेखराज भट्ट नेकपा एमाले सुदूरपश्चिम प्रदेशको कमाण्डर भएका छन । एमाले सचिव समेत रहेका लेखराज भट्टलाई नै एमालेले सुप प्रदेशको इन्चार्ज दिएको हो । इन्चार्ज पुर्व माओवादीबाट आएका नेता भट्टलाई दिएसंगै ओली निकटका नेतालाई सह इन्चार्ज, जिल्ला इन्चार्ज एव जिल्लाका सह इन्चार्ज दिएपनि एमाले नेपाल समुहबाट फर्किएका नेपाल समुहका नेताहरुलाई भने पाखा लगाएको छ ।  सुप प्रदेश एक एमाले नेताहरुले नेतृत्वले माओवादीबाट आयाति नेतालाई पार्टीको मुल जिम्मेबारी सुम्पिएर बर्बाद गरेको बताएका छन । नेपाल समुहबाट पार्टीमा फिर्ता भएका नेतालाई पाखा लगाएर नेतृत्वले अहिले बनेको पाटीमा भाग खान आएका नेताहरुलाई ठुलो जिम्मेबारी दिएको भन्दै एमालेभित्र चरण असन्तृष्टी बढ्दै गएको छ । एमालेले अन्तरपार्टी निर्देशन जारी गर्दै विभिन्न विभागका प्रमुखका साथै प्रदेश र जिल्ला इञ्चार्जहरु पनि तोकेको छ ।

सुदूरपश्चिम इञ्चार्जमा सचिव लेखराज भट्टले जिम्मेवारी पाएका छन्। यस्तै लिलाकुमारी भण्डारी, कर्णबहादुर थापा, राजेन्द्रसिंह रावल र गणेशसिंह ठगुन्नालाई प्रदेशमा सहइञ्चार्जको जिम्मेवारी दिइएको छ। ठगुन्नालाई दार्चुला जिल्ला इञ्चार्ज पनि तोकिएको छ । यस्तै डोटी जिल्ला इञ्चार्जमा गौरीकुमारी ओली, कञ्चनपुरमा निरुदेवी पाल, अछाममा झपटबहादुर बोहरा, डडेल्धुरा इञ्चार्जमा पठानसिंह बोहरा, बैतडीमा पुरनसिंह दयाल, बझाङमा भैरवबहादुर सिंह, बाजुरामा लालबहादुर थापा र कैलालीमा नारदमुनी रानाले इञ्चार्जको जिम्मेवारी पाएका छन् । यस्तै बझाङ जिल्लाको सहइञ्चार्जमा अफिलाल ओखडा, ऐनबहादुर महर र आशाकुमारी विक, कञ्चनपुर जिल्लाको सहइञ्चार्जमा इन्दु कडरिया, कृपाराम राना, नरबहादुर धामी र कमला बोहराले जिम्मेवारी पाएका छन् ।

यस्तै कैलाली जिल्लाको सहइञ्चार्जमा कमलाकुमारी ओली, सन्तोष शर्मा र गौरीशंकर चौधरी, बाजुरा जिल्लाको सहइञ्चार्जमा दयालबहादुर शाही, सहदेव बोगटी, प्रकाशबहादुर शाह, अछाम सहइञ्चार्जमा यज्ञ बोगटी र बैतडी सहइञ्चार्जमा लिलाधर भट्टले जिम्मेवारी पाएका छन् । यस्तै एमाले सुदूरपश्चिमको अध्यक्षमा दामोदर भण्डारी, उपाध्यक्षमा कमल तिमल्सिना, सचवमा धर्मराज पाठक, उपसचिवमा बलदेव रेग्मी र भागरथी विष्ट चयन भएका छन् । एमालेभित्र ओली पक्ष हावि, माओवादीबाट गएका नेतृत्व र नेपाल समुहबाट पार्टीमा फर्किएकालाई पाखा लगाएसंंगै असन्तृष्ट टिम समाजवादीमा प्रवेसका लागि छलफल अघि बढेको नेताहरुले बताएका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img