कञ्चनपुर: नेकपा माओवादी केन्द्र सुुदूरपश्चिम प्रदेशमा २ सय २३ सदस्यको टुङगो लागेको छ । पदाधिकारीका आँकाक्षी बढि देखिएकाले शुरुमै कुल सदस्यको टुङगो लगाएको माओवादी नेताहरुले बताएका छन । माओवादी केन्द्र सुप प्रदेशको सदस्यमा कञ्चनपुरबाट समेत दर्जनौँ नेता कार्यकर्ता प्रदेश सदस्यमा चयन भएका छन ।

कञ्चनपुरबाट प्रदेश सदस्यमा पुर्व विद्यार्थी नेतादेखि पुराना नेता एव जनमुक्ति सेना सहितका नेता कार्यकर्ता प्रदेश सदस्यमा चयन भएका छन । यसका साथै महिला, युवा, दलित जनजाति, आदिवासी, थारु लगायतका सबै समुदाय भेग, भूगोलबाट नेताहरु प्रदेश सदस्यमा चयन भएमका छन । पदाधिकारी टुङग्याउनका लागि नेताहरु खटिएका छन ।







