बस र स्कारपियो आपसमा ठोक्किदा २७ जना घाईते

कैलाली : जिल्ला कैलाली लम्कीचुहा नगरपालिका वडा न. ३ स्थितमा गोराङ्गेमा काठमाण्डौँबाट महेन्द्रनगर तर्फ जाँदै गरेको बस र स्कारपियो एक आपसमा ठोक्किदा २७ जना घाईते भएका छन् ।

बुधबार १०ः१५ बजेको समयमा भएको दुर्घटनामा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका वडा नं १२ बस्ने वर्ष ३४ को गणेश रानाले चलाएको सु.प.प्र. ००२–००१ ख १०८४ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको कञ्चनपुर कृष्णपुर नगरपालिका वडा न. ०६ बस्ने वर्ष ४८ को मोतीराम डगौराले चलाएको से १ च १५९३ नम्बरको स्कारपियो एक आपसमा ठोक्किदा सोही स्कारपियोमा सवार चालक सहित ३ जना र बसमा सवार ३८ जना गरी जम्मा ४१ जना सवार रहेका मध्ये २७ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

घटना लगतै ईलाका प्रहरी कार्यालय चिसापानी कैलालीबाट प्रहरी टोली उक्त स्थानमा पुगी घाईतेहरुलाई लम्की स्थित लालरत्न अस्पतालमा उपचार भईरहेको छ भने अन्य यात्रु सकुशल अवस्थामा रहेका छन्।

स्कारपियोमा सवार घाईते व्यक्तिहरुको विवरण :
१. चालक जिल्ला कञ्चनपुर कृष्णपुर नगरपालिका वडा न. ०६ बस्ने वर्ष ४८ को मोतीराम डगौरा हात र खुट्टामा चोट अवस्था सामान्य ।
२. लक्ष्मी नारायण मन्दिर धनगढी बस्ने बाबा वर्ष ७८ को देव राज आचार्य मुख,हात र पिठ्युमा चोट अवस्था मध्ययम ।
३. ऐ.ऐ. बस्ने वर्ष २३ को मुकुन्द गौतम मुखमा चोट अवस्था सामान्य ।

बसमा सवार घाईते व्यक्तिहरुको विवरण :
१. दार्चुला सिप्टी बस्ने वर्ष ३७ को कृष्ण धामी खुट्टामा चोट अवस्था सामान्य ।
२. दार्चुला माहाकाली न.पा. वडा न. ०६ बस्ने वर्ष २८ को जय बहादुर पाल छाती र नाकमा चोट अवस्था सामान्य ।
३. कञ्चनपुर पुनर्वास न.पा. वडा न. ४ बस्ने वर्ष ३० को अर्जुन सुनार कम्मर घुडा र टाउँकोमा चोट अवस्था सामान्य ।
४. कञ्चनपुर दैजी बस्ने वर्ष ३१ को राम बहादुर धामी पाखुरा र घुँडामा चोट अवस्था सामान्य ।
५. हुम्ला नाकावली ६ बस्ने वर्ष ५४ को ग्याम्जु तामाङ नाक र प्युठ्युमा चोट अवस्था सामान्य ।
६. कैलाली गौरीगंगा न.पा. वडा न. ३ बस्ने वर्ष २७ को जिवन धानुक खुट्टामा चोट अवस्था सामान्य ।
७. ऐ.ऐ. वडा न. २ बस्ने वर्ष ३७ को शिव साउँद हातमा चोट अवस्था सामान्य ।
८. कञ्चपुर पुनरवास न.पा. वडा न. ०९ बस्ने वर्ष ३७ को भिम नेपाली ढाडमा चोट अवस्था सामान्य ।
९. अछाम मेल्लेख गा.पा. वडा न. ८ बस्ने वर्ष २२ को उत्तम सुनार खुट्टामा चोट अवस्था सामान्य ।
१०. कञ्चनपुर भिमदत्त न.पा. वडा न.१ बस्ने वर्ष ६० को मान बहादुर सुनार बाँया करङमा चोट अवस्था मध्ययम ।
११. कञ्चनपुर दोधारा चाँदनी न.पा.वडा न. ०६ बस्ने वर्ष ४० को ऐन बहादुर ओली खुट्टामा चोट अवस्था सामान्य ।
१२. बैतडी मेलौली न.पा. वडा न. २ बस्ने वर्ष ५६ को देव दत्त भट्ट खुट्टामा चोट अवस्था सामान्य ।
१३. कञ्चनपुर पुनरवास न.पा. वडा न. ९ बस्ने वर्ष ५१ को महाविर कुँवर खुट्टामा चोट अवस्था सामान्य ।
१४. बैतडी पुर्चौडी न.पा.वडा न. १ बस्ने वर्ष ३० को लोकेन्द्र भण्डारी कानमा चोट अवस्था सामान्य ।
१५ . बैतडी पुर्चौडी बस्ने वर्ष २३ को नरेन्द्र भण्डारी ढाड र टाउकोमा चोट अवस्था सामान्य ।
१६. बैतडी पुर्चौडी बस्ने वर्ष २८ को नरेन्द्र भण्डारी आंखामा चोट अवस्था सामान्य ।
१७. कैलाली चौमाला ३ बस्ने वर्ष २५ को नविन थापा हातमा चोट अवस्था सामान्य ।
१८. कैलाली चौमाला ३ वर्ष ३३ को तेज बहादुर धामी खुट्टामा चोट अवस्था सामान्य ।
१९. कैलाली चौमाला ३ बस्ने वर्ष ३७ को धन बहादुर साउँद बाया कम्मरमा चोट अवस्था सामान्य ।
२०. कञ्चनपुर बेलौरी न.पा. वडा न. ४ बस्ने वर्ष २६ को धन बहादुर राना ढाडमा चोट अवस्था सामान्य ।
२१. बैतडी पाटन न.पा. वडा न. ५ बस्ने वर्ष ३२ को नरेन्द्र सिंह ठगुन्ना खुट्टाको औला भाच्चिएको अवस्था सामान्य ।
२२. दार्चुला ब्यासँ गाउँपालिका वडा न. ७ बस्नेवर्ष ५८ को उदय सिंह कुँवर निधार र खुट्टामा चोट अवस्था सामान्य ।
२३. डडेल्धुरा अमरगढी न.पा. वडा न. २ बस्ने वर्ष ३४ को खडक थाम घाटीमा चोट अवस्था सामान्य ।
२४. चालक जिल्ला कञ्चनपुर शुक्लाफाँटा नगरपालिका वडा न. १२ बस्ने वर्ष ३४ को गणेश राना हात र खुट्टामा चोट अवस्था सामान्य ।

ताजा समाचार