समयमै मलखाद आपूर्ति गर्न सहकारी सञ्जालको माग

कञ्चनपुर : भीमदत्तनगर सहकारी सञ्जालले समयमै मलखाद आपूर्ति गर्न सरोकारवाला निकायसंग माग गरेको छ । सहकारी सञ्जाल भीमदत्त नगरले आइतबार महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै समयमै मलखाद आपूर्ति गर्न माग अघि सारेको हो ।

सहकारी सञ्जालले समयमै मलखाद आपूर्ति नहुँदा किसान मारमा परेको भन्दै त्यसले उत्पादनमा समेत कमि आउने जनाएको छ । सहकारी सञ्जाल भीमदत्त नगरका अध्यक्ष ईश्वरी प्रशाद खरेलले मलखाद आपूर्तिमा दलालिकरण हुँदा समयमै किसानले मलखाद नभएको बताए ।

कञ्चनपुर बहुउद्देशीय सहकारी संस्थाका अध्यक्ष प्रेमसिह भाटले मलखाद आपूर्तिमा सरकार निकायबाट उचित पहल नभएको बताए । ‘भारतबाट मलखाद भैरवाह हुँदै आउँछ, ‘उनले भने, ‘भैहवाहबाट कञ्चनपुरमा ठेकेदारले पु¥याईदिन ढिलो गर्दै आएका छन ।’ समयमै मलखाद आपूर्ति नभए आन्दोलन चेतावनी दिएका छन ।

ताजा समाचार

spot_img