कुदृष्टिलाइ नारीहरूले कहिले सम्म सहने


बिष्णु दत्त जोशी /कञ्चनपुर : भनिन्छ महिलाहरू धरतीका जग हुन् उनिहरू बिना प्रकृतिको उत्पत्ति गर्न कठिन छ, परापूर्वकालमा भनौ या आधुनिककालमा भनौ या बर्तमान कालमा महिलाहरूको भूमिका उत्तिकै रहेको छ । जसरी घर मजबुत बन्न पिल्लरको आवश्यकता पर्छ भने पारिवारिक जग बसाल्न होस् या राज्यको उत्पत्ति गर्न होस् महिलाको उत्तिकै महत्वपूर्ण स्थान रहेको हुन्छ । भनिन्छ पुरूषको आधा हिस्सा महिला हुन् तर यति हुँदा हुँदै पनि किन महिलाहरूलाइ सिमित घेरामा राखिन्छ । हुन त हाल आएर वर्तमान संबिधानले सबै तिर महिलाको समानुपातिक अवसर देखाएको छ तर पनि कार्यन्वयन भइरहेको पाउँदैनौ । घर भित्र गरिने महिनावारि देखि लिएर सन्तान उत्पादन सम्मको दृष्टिकोणमा महिलाहरूले किन अबैध हिंसात्मक द्वन्द सहनु परेको छ ।

आजको २१ औँ शताब्दिमा आएर पनि नेपालका दूर गाउको भन्दा शहर भित्रै पनि अधिकांश महिलाहरूलाइ गरिने ब्यबहार फरक छ तर उनिहरू घरको इज्जत जाने डरले बाहिर ल्याउन सक्दैन । परापूर्वकालमा देवी दुर्गा काली जस्ता नारीहरूलाइ पनि महिसासुर जस्ता नरपिचास हरूले कमजोर देखाएकै हुन् तर नारी शक्तिको क्षमता र नारी शक्ति माथि हार बेहोर्नु परेको किंबदन्कि हामिहरूले सुनेकै छौ । आज २१ औ बैज्ञानिक युगमा पनि ति नारी स्वरुपहरू माथि अत्याचार गर्न पछि परेका छैनन् १० बर्षका बालबालिकाहरूको करणी हुनु र हत्या हुनु त सामान्य नै भइ सक्यो तर यसको समाधानमा कसैको आखा पुर्याउन सकेका छैन । शिक्षित युग भएर पनि अबुझ र पशु तुल्य समाजले गर्दा महिनावारि जस्तो सामान्य रुपलाइ त छाउपडीमा राखिन्छ भने ८,१० बर्षका कलिला बालिकाहरूको बलत्कार जस्तो जघन्य अपराध तिर कसको ध्यान जाने, पुरूष नै सर्बे सर्बा हुँ भन्ने घमण्डले लगाउने कुदृष्टिलाइ नारीहरूले कहिले सम्म सहने यस्ता बिभेदले गर्दा आज पनि हाम्रो समाजमा शिक्षा संगै चेतनशिल ब्यक्तिको सोच परिवर्तन गर्न सकिएको छैन ।

केबल राणा शासन , प्रजातन्त्र लोकतन्त्र गणन्त्र जस्ता शब्दहरू मात्र फेरिन पुगे हाम्रो समाजमा मानविय सोच परिवर्तन गर्न अहिले पनि सकिराखेका छैनौ आखिर किन ? लोग्ने मरेकि विधुवा नारीले समाजमा खुलेर हास्न न बोल्नु पर्दा बोक्सी कहलाइन्छ यौटी बावु मरेकी आमाले सन्तानको लागि संघर्ष सोच्दा दुइ नम्बरी धन्दाबाट कमाइ गरेकि गलत महिला भनेर सोचिन्छ । यति मात्र नभएर दाइजो प्रथामा तौलिएर महिलाइ घरमा गर्ने अमानविय ब्यबहारले झनै आक्रान्त तुल्याएको पाइन्छ । अन्त्यमा यि सब महिला हिंसाहरू पुरूष मात्रले गर्दा भएका होइनन् नारीले नारि माथि गरिने ब्यबहार ले हो बुहारीले सासु माथि, सासुले बुहारी माथि नन्दले भाउजु माथि यति सम्म कि स्वयम् दिदीले बहिनाइ पनि सौतेनि ब्यबहारले यत्रतत्र घरपरिवारमा हिंसा भइरहेकै छ आखिर कहिले सम्म ? पि एच डी गर्ने महिलाको सोच पनि बिहे गरेर गएको घरमा सासुलाइ गर्ने ब्यबहार गलत छ । हाम्रो सोच कहिले सम्म जब सम्म हामी नारीहरूको सोच स्वयम् ले परिवर्तन गर्न सक्दैनौ तब सम्म हाम्रो समाजमा यस्ता हिंसात्मक गतिविधि कहिल्यै रोकिदैन त्यसैले शिक्षा संगै सोच परिवर्तन गरौँ ।


ताजा समाचार

spot_img