माओवादी केन्द्र कृष्णपुर नगरबाट यि हुन प्रदेश महाधिवेशन प्रतिनिधी


कञ्चनपुर : माओवादी केन्द्र कृष्णपुर नगरबाट पनि प्रदेश महाधिवेशन प्रतिनिधी छनौट भएका छन । माओवादी केन्द्र कृष्णपुर नगरबाट ११ जना प्रदेश महाधिवेशन प्रतिनिधी छनौट भएका हुन । माओवादी केन्द्र कृष्णपुर नगरकै सम्मेलनका दिन प्रदेश महाधिवेशन प्रतिनिधी निर्वाचित भएको जनाएको छ ।

माओवादी केन्द्र कञ्चनपुरका युवा नेता एव वाईसियल कञ्चनपुरका इन्चार्ज अर्जुन साउदले नगर सम्मेलनकै दिन प्रदेश प्रतिनिधी सहमतीय आधारमा छनौट भएको बताए । उनका अनुसार उमाकान्त जोशी, बलाराम पन्त, अर्जुन साउद, सुरेश धामी, शिवदत्त पन्त, दिपक खत्री(निर्माण), जोगराज चौधरी, सिद्धराज ताम्राकार, सिता चौधरी, आशा ताम्राकार, अक्कल बोहरा प्रदेश महाधिवेशन प्रतिनिधीमा छनौट भएका छन ।

माओवादी केन्द्रले वडा, पालिका सम्मेलन गरेर अब २५ मंसिरमा सातै प्रदेशबाट एकसाथ प्रदेश महाधिवेशन हुनेछ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले भर्चुअल माध्यमबाट प्रदेश महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img