कञ्चनपुर : नेकपा माओवादी केन्द्र भीमदत्त नगरबाट प्रदेश महाधिवेशन प्रतिनिधी छनौट भएका छन । माओवादी केन्द्र भीमदत्त नगर कमिटिले प्रदेश प्रतिनिधी छनौट गरेको हो । नेकपा माओवादी केन्द्र भीमदत्त नगरका नगर सदस्य सुरेश भट्टले नगर बैठकबाट प्रदेश प्रतिनिधी सर्वसम्मतबाट छनौट गरिएको बताए ।

उनका अनुसार देवेन्द्र ढुङगाना, कृष्णदत्त जोशी (बोक्सर), दिपक साउद, लोकराज जोहशी, बिरेन्द्रराज विष्ट, नारु सिह, शंकर कुँवर, डम्कर कार्की, बिरेन्द्र बिसी,संगिता नेपाली अशोक चन्द, आनन्दी भट्ट प्रदेश महाधिवेशन प्रतिनिधीमा छनौट भएका छन । माओवादी केन्द्रले वडा, पालिका सम्मेलन गरेर अब २५ मंसिरमा सातै प्रदेशबाट एकसाथ प्रदेश महाधिवेशन हुनेछ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले भर्चुअल माध्यमबाट प्रदेश महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।







