वाई वाई यु–१९ प्रदेश स्तरीय पुरुष क्रिकेट छनौट प्रतियोगिता सम्पन्न , फाइनलमा कञ्चनपुर संग कैलाली पराजित


महेन्द्रनगर,
सुदूरपश्चिम प्रदेश स्तरीय क्षेत्रीय पुरुष क्रीकेट छनौट प्रतियोगिताको एक कार्यक्रमका साथ सम्पन्न भएको छ।May be an image of 6 people and people standing
वाई वाई यु–१९ प्रदेश स्तरीय पुरुष क्रिकेट छनौट प्रतियोगिता – २०७८ मा बुधबार महेन्द्रनगरको खुलामञ्चमा भएको फाइनल खेलमा टच जित्दै कैलालीले पहिलो ब्याटिङ गर्दै २१.५ ओभरमा अल आउट हुँदा ६५ रन बनाएको थियो।May be an image of 5 people and people standing
कञ्चनपुरको तर्फबाट आकाश चन्दले ६.५ ओभर गर्दै १६ रन दिदै ३ विकेट ,अर्जुन साउँदले ८ ओभर फाल्दै ३० दिदै ५ विकेट ,हेमन्त धामीले ७ ओभरमा १६ दिदै २ विकेट हात पार्न सफल भए । ६६ रनको लक्ष्य पन्छाउने क्रममा मैदान उत्रिएको कञ्चनपुरले १६.५ ओभरमा ६ विकेटको क्षतिमा आफ्नो लक्ष हात पारेको छ। कैलालीको तर्फबाट शेर मल्लले ६.५ ओभरमा ३२ रन दिदै ५ विकेट र नरिन साउँदले ६ ओभरमा १६ रन दिदै १ विकेट हात पार्दा पनि कञ्चनपुरले सहजै जित हात पारेको हो।May be an image of 9 people and people standingNo description available.
कार्तिक २४ गते बुधबार देखि कञ्चनपुर जिल्ला क्रिकेट संघको आयोजनामा संचालन भएको छनौट प्रतियोगिता बुधबार मंसिर १ गते भब्यताका साथ सम्पन्न भएको छ। May be an image of 1 person and standingसमापन कार्यक्रमका सभापति कञ्चनपुर जिल्ला क्रीकेट संघका अध्यक्ष बिरेन्द्र बहादुर चन्द ,प्रमुख अतिथि बेदकोट नगरपालिका मेयर अशोक कुमार चन्द,विशिष्ट अतिथिमा सुदूरपश्चिम क्रीकेट संघ अध्यक्ष हरि रेग्मी , कञ्चनपुर जिल्ला खेलकुद विकास समिति अध्यक्ष ओम बस्नेत अतिथिमा वाई वाई प्रतिनिधि हेमराज भट्ट लगायत खेल प्रेमीहरु को उपस्थिति रहेको थियो।May be an image of 6 people, people sitting and people standing
प्रतियोगिताबाट उत्कृष्ठ खेलाडीहरुमध्ये वाई वाई यू-१९ राष्ट्रिय प्रतियोगिताको लागि सुदूरपश्चिम प्रदेशको टिमको लागि खेलाडी छनोट गरिने छ। जस बाट सुदूरपश्चिम प्रदेश टिम सहभागिता का लागि सदस्य रहनेछन् ।May be an image of 1 person and standing
प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका ९ वटा जिल्लामा ८ टिमको सहभागिता रहेको छ। जसमा कञ्चनपुर, कैलाली, डडेल्धुरा, बैतडी, दार्चुला, अछाम, बझाङ र डोटी रहेका थिए । प्रतियोगिता संचालनका लागि टिमलाई दुई समुहमा विभाजन गरीएको र समुह ‘क’ मा कञ्चनपुर, डडेल्धुरा, अछाम र डोटी र समुह ‘ख’मा बैतडी, कैलाली, बझाङ र दार्चुलाले सहभागिता जनाएको थियो।May be an image of 6 people, people sitting and people standingMay be an image of 2 people and people standingMay be an image of 6 people, people sitting and people standingNo description available.

ताजा समाचार

spot_img