बेलडाँडीमा भलिबल प्रतियोगिता : न्यू खप्तड र ईप्रका टिमको विजयी शुरुवात


कञ्चनपुर, 

बेलडाँडी गाँउपालिकामा मंगलबारदेखि खुला भलिबल प्रतियोगिता संचालन भएको छ । प्रगति एकता समाजको आयोजनामा बेलडाँडी गाँउपालिका १ सिद्धचोक स्थित सिद्धनाथ आधारभूत विद्यालयको प्राङगामा प्रतियोगिता संचालन भएको हो । प्रतियोगिताको एक कार्यक्रमका विच गाँउपालिका प्रमुख धन बहादुर थापाले उद्घाटन गर्दै खेल क्षेत्रको विकासका लागि प्रतियोगिता सरानिय भएको बताएका छन ।No description available.

गाँउपालिका प्रमुख थापाले खेल क्षेत्रको विकासका लागि आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने बचन दिए । बेलडाँडी गाँउपालिका १का वडाध्यक्ष अम्मर खत्रीले वडाको खेलकुद विकासका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताए । गाँउ कार्यपालिका सदस्य लक्ष्मी भट्टले प्रतियोगिताबाट खेल क्षेत्रको विकास हुने आशा व्यक्त गरिन । प्रगति समाजका प्रमुख सल्लाहकार एव सिद्धनाथ आधारभूतका प्रअ धनसिह महराले लामो समयपछि सिद्धचोकमा भलिबल प्रतियोगिता भएको भन्दै खेल क्षेत्रको विकासमा टेवा पुग्ने बताए ।No description available.

प्रगति एकता समाजका सचिव बिरेन्द्र काडायतले १२टिमविच प्रतिस्पर्धा हुने बताए । प्रगति एकता समाजका अध्यक्ष धनसिह विष्टले राष्ट्रिय खेलको संरक्षण एव ण्ग्रामिण क्षेत्रको खेलकुद विकास र खेलाडीको उत्साहलाई मध्य नजर गर्दै भलिबल प्रतियोगिता आयोजना गरिएको बताए । No description available.अध्यक्ष विष्टका अनुसार विजेता टिमलाई नगद ३१ र उप विजेता टिमलाई नगद २१ हजार रुपैया सहित सिल्डट्रफि प्रमाण पत्र दिईने बताए । ‘यो हाम्रो समान्य प्रयास हो, ‘अध्यक्ष विष्टले भने, ‘सानो सानो प्रयासबाट खेलकुद विकास गर्नुपर्छ ।’ प्रतियोगिताको औपचारिक समारोहको समाजका सल्लाहकार आनसिह महराले गरेका थिए । प्रमुख अतिथि गाँउपालिका अध्यक्ष धन बहादुर थापाले प्रमुख रेफ्रि हिमाल विष्टलाई कोटमा भलिबल हस्तान्तरण गरेका थिए । पहिलो दिन भएको प्रतियोगितामा न्यू खप्तड क्लब र ईप्रका बेलडाँडीले जितको शुरुवात गरेका छन । न्यू खप्तड क्लबले प्रगति एकता सिलाई २–० सेटले हराएको थियो । भने ईप्रका बेलडाँडीले न्यू खप्तड क्लबलाई २–० सेटले हराएर विजयी शुरुवात गरेका थिए ।


ताजा समाचार

spot_img