कञ्चनपुर,
काठमाडौँमा जारी उपमेयर कप राष्ट्रिय महिला लिग छनोट फुटबल प्रतियोगिता अन्तर्गत वेदकोट नगरपालिका कञ्चनपुरले आफ्नो दोस्रो खेल आज १२ बजे गौरीगंगा नगरपालिका कैलालीको सामान गर्ने भएको छ।

कार्तिक ४ गते देखि राजधानीमा सञ्चालन भएको उपमेयर कप राष्ट्रिय महिला लिग छनोट फुटबल प्रतियोगिता-२०७८ मा बिहीबार ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्सको खेल मैदानमा समूह आई अन्तर्गत भएको खेलमा वेदकोट नगरपालिकाले आफ्नो पहिलो खेलमा वराहक्षेत्र नगरपालिकालाई ३-० गोलको अन्तरले पराजित गर्दै रोमाञ्चक पहिलो जित निकालेको थियो। जसमा समुहको बिजेता बन्नको लागि सनिवार गौरीगंगा नगरपालिका बिच हुने खेलमा जितको प्रतीक्षामा बेदकोट नगरपालिका रहेको प्रशिक्षक वकिल बहादुर सिंहले बताउनु भयो । उनले भने’ आज गौरीगंगा नगरपालिका बिच हुने दोस्रो खेलमा जित हात पर्ने रणनीति बनाएका छौँ ,जसमा रक्षा पंक्ति (डिफेन्डिङ ) मा विशेष जोड दिने छौँ ।
बेदकोट नगरपालिका महिला टिमकी कप्तान निलम सिंह भन्छन् ‘ पहिलो खेलमा सोचे अनुरुपको नतिज ल्याउन नसकेको र आज हुने खेलमा केही चुनौती भने हुनेछ, जसमा सबै खेलाडीले राम्रो प्रदर्शनका लागि मेहनत गरेर नै खेल्ने नतिजा हात पार्ने पक्षमा छौँ ।

कोभिड-१९ महामारीका कारण थला परेको खेलकुद क्षेत्रलाई चलायमान गरी माथि उकास्नका लागि अखिल नेपाल फुटबल संघ एन्फाले आयोजना गरेको उपमेयर कप राष्ट्रिय महिला लिग छनोट फुटबल प्रतियोगिता-२०७८ मा देशभरका ३१ ओटा स्थानीय तहले सहभागिता जनाएका छन् । सुदूरपश्चिम प्रदेश बाट ५ वटा स्थानीय तहको सहभागिता रहेको बताइएको छ । जसमा कञ्चनपुर जिल्लामा ९ वटा स्थानीय तह मध्ये वेदकोट नगरपालिकाले मात्रै सहभागिता जनाएको छ ।







