कञ्चनपुर ,
काठमाडौमा जारी उम–मेयर कप राष्ट्रिय महिला लिग छनोट फुटबल प्रतियोगिता अन्तर्गत धनगढी उपमहानगरपालिका कैलालीले आफ्नो दोस्रो खेलमा गोकर्णस्वेर नगरपालिका काठमाडौं लाई बराबरीमा रोकेको छ।

शुक्रबार ललितपुर स्थित एन्फा कम्प्लेक्सको खेलमैदानमा भएको धनगढी उपमहानगरपालिकाको दोस्रो खेल गोकर्णस्वेर नगरपालिका बिच भएको थियो। जसमा दुबई टिमले समान १-१ गोलको बराबरी खेल्दै धनगढीको ४ अंक रहेको छ। जस खेलमा पहिलो हाफको २८ औं मिनेटमा गोकर्णस्वेर नगरपालिका काठमाडौको तर्फबाट जर्सी नम्बर ३२ कि सोमसाङ तामाङले गोल गर्दै अग्रता कायम गरेकी थिन। दोस्रो हाफमा धनगढी महिला फुटबल टिमको तर्फबाट खेलको ७३ औं मिनेटमा जर्सी नम्बर १० कि चन्द्रा भण्डारीले गोल गर्दै टिमलाई बराबरीमा पुगाउन सफल हुन पुगिन्। उक्त खेलमा उत्कृष्ट प्रदर्शन गर्दै प्लयर अफ द म्याच गोकर्णस्वेर नगरपालिका महिला टिमकी जर्सी नम्बर २० कि अन्जना राना मगर घोषित भईन उनलाई सुदूरपश्चिम फुटबल संघका वरिष्ठ उपाध्यक्ष एवम् कैलाली जिल्ला फुटबल संघका उपाध्यक्ष राघबेन्द्र कार्की द्वारा वितरण गर्नु भएको थियो।

नकाउट चरणमा पुग्नका लागि प्रत्येक समूह बाट अंक तालिका शिर्ष स्थानमा रहेको एक टिमले नकाउट चरणमा पुग्ने छ। जसमा धनगढी उपमहानगरपालिकाको ४ अंक रहेको छ। नकाउट चरण पुग्ने नपुग्ने भन्ने बारेमा १ अंक रहेको गोकर्णस्वेरले धनकुटा बिचको प्रतिस्पर्धात्मक खेलमा धनकुटा लाई गोकर्णस्वेरले फराकिलो गोल अन्तरको हराएमा धनगढीको अधिक सम्भावना रहेने छ।

बुधबार भएको पहिलो खेलमा धनगढी उपमहानगरपालिका र धनकुटा नगरपालिका लाई ५–० ले हराउदै पहिलो जित दर्ता गरेको थियो। धनगढी महिला फुटबल टिममा रेखा पौडेल, रेबिका पाण्डे, उषा नाथ, मेनिका पुलामिमगर, कमलाकुमारी बिष्ट, गोमा रोकाया, बिर्सना चैधरी, बिष्नाकुमारी कुँवर, तुलसी सिह, सुरक्षाकुमारी सिह, सरस्वती रोकाया, चन्द्रा भण्डारी, दिपा रोकाया, योशोदाकुमारी चिराल, निशा रोकाया, नेहा खड्का, लाजोमा राना, अमिता भुल र सिमा रावल खेलाडी सहभागि रहेका छन् । भने महिला फुटबल टिमको प्रशिक्षकमा राघबेन्द्र कार्की र व्यवस्थापकमा
सुरज तामाङ्ग रहेका छन् । देशभरका ३१ ओटा नगरपालीका राष्ट्रीय उपमेर महीला फूटबल प्रतीयोगीतामा सुदूरपश्चिमबाट ५ नगरपालिकाले मात्रै सहभागिता जनाएका छन् ।






