कैलाली,

सुदूरपश्चिम प्रदेशमा दिनप्रतिदिन खेलकुद क्षेत्रमा फुटबल मह बढ्दै गएपछि बृहत खुल्ला पेनाल्टी सुट आउट फुटबल प्रतियोगिताको आयोजना हुने भएको छ। विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ कोरोना भाइरसले थला परेका खेलकुद क्षेत्रमा एकाएक महामारी कम हुँदै गएपछि सुदूरपश्चिम प्रदेशका पहाडी हुँदै तराई क्षेत्रमा दिनप्रतिदिन विभिन्न खेलकुद प्रतियोगिताको आयोजना संचालन हुने क्रम बढ्दै गरेको छ।

हिन्दुहरु को महान पर्व शुभदिपावली को पावन अवसरमा कार्तिक १८ गते देखि “बृहत खुल्ला पेनाल्टी सुट आउट फुटबल प्रतियोगिता ” को टंक अटो मोबाइल्स(बजाज सोरुम, मसुरिया) जे.के कन्ट्रक्सन , अछाम खप्तड ट्रेडर्स को आयोजनामा संचालन गर्ने तयारी रहेको छ। पेनाल्टी सुट आउट फुटबल प्रतियोगितामा ६ जना खेलाडी रहने छन् । जसमा इन्ट्री फिस पाँच हजार रहने व्यवस्था गरेको छ।
प्रतियोगितामा ४० टिम बन्दा बढी लाई सहभागी नगर्ने आयोजक स्रोतले बताएका छन् । जसमा प्रथम पुरस्कार विजेताले नगद १ लाख प्रमाणपत्र मेडल,उपविजेताले नगद ५० हजार सहित प्रमाणपत्र मेडल हात पर्ने छन् । टिम दर्ता गरि सकेपछि पुर्ण रुपमा इन्ट्री फिस चुक्ता १८ गते खेल सुरु हुनु भन्दा अगावै बुझाउनु पर्ने र खेल सो दिन बिहान ९ बजे बाट सुरु हुने आयोजकले बताएको छ। आयोजक का अनुसार प्रतियोगिता संचालन गौरीगंगा नगरपालिका स्थित मसुरीया फुटबल एकेडेमी शंकरपुर कैलालीमा रहेको खेलमैदान हुने छ।







