कञ्चनपुर,
काठमाडौमा जारी उप-मेयर कप राष्ट्रिय महिला लिग छनोट फुटबल प्रतियोगिता अन्तर्गत बेदकोट नगरपालिका कञ्चनपुरले पहिलो जित निकालेको छ।
कार्तिक ४ गते देखि राजधानीमा संचालन भएको उप-मेयर कप राष्ट्रिय महिला लिग छनोट फुटबल प्रतियोगिता -२०७८ मा बिहिवार ललितपुर स्थित अखिल नेपाल फुटबल संघ( एन्फा ) कम्प्लेक्स को खेलमैदानमा समूह आई अन्तर्गत भएको खेलमा बेदकोट नगरपालिकाले आफ्नो पहिलो खेलमा बराहक्षेत्र नगरपालिका लाई ३-० गोलको अन्तरले पराजित गर्दै रोमाञ्चक पहिलो जित निकालेको हो।

जसमा बेदकोट नगरपालिका कञ्चनपुरको महिला टिमको तर्फबाट कप्तान जर्सी नम्बर १९ कि निलम सिंह ले पहिलो हाफको ३ र २८ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिएन । जर्सी नम्बर १५ कि शोभा क्षेत्रीले ४३ औं मिनेटमा एक गोल गर्दै टिमको गोल स्कोर ३-० मा कायम राख्न सफल भएकी थिएन । दोस्रो हाफमा भने बेदकोट नगरपालिकाले गोल गर्न भने सकेन जसमा बराहक्षेत्र नगरपालिकाले गोल गर्ने सुवर्ण अवसर पाए पनि गोलमा भने परिणत गर्न नसक्दा त्यसबाट भने चुक्न पुग्यो।

प्रतियोगिताको आफ्नो पहिलो खेलमा भने बेदकोट नगरपालिका कञ्चनपुरको तर्फबाट पहिलो हाफमा फल गर्दै जर्सी नम्बर ५ कि पुष्पा पाण्डेयले पहिलो काड खान पुगिन। उक्त खेलमा उत्कृष्ट प्रदर्शन गर्दै पिलियर अफ द म्याच बेदकोट नगरपालिका महिला टिमकी कप्तान निलम सिंहले पाँच हजार संगै गोल्डेन बुट हात पारिन ।
समूह आई अन्तर्गत बेदकोट नगपालिकाले आफ्नो दोस्रो खेल कार्तिक १३ गते दिउँसो १२ बजे गौरिगंगा नगरपालिका कैलालीको सामना गर्ने छ।
समूह आई अन्तर्गत बेदकोट नगपालिकाले आफ्नो दोस्रो खेल कार्तिक १३ गते दिउँसो १२ बजे गौरिगंगा नगरपालिका कैलालीको सामना गर्ने छ।
कोभिड-१९ कोरोना भाइरसले थला परेको खेलकुद क्षेत्रलाई माथी उकास्नका लागि अखिल नेपाल फुटबल संघ एन्फाले आयोजना गरेको उप-मेयर कप राष्ट्रिय महिला लिग छनोट फुटबल प्रतियोगिता -२०७८ मा देशभरका ३१ ओटा स्थानीय तहले सहभागिता जनाएको छ । सुदूरपश्चिम प्रदेश बाट ५ वटा स्थानीय तहको सहभागिता रहेको छ। जसमा कञ्चनपुर जिल्लामा ९ वटा स्थानीय तह मध्य एक मात्रै बेदकोट नगरपालिकाले सहभागी जनाएको छ।