दोधारा चादँनी नगरपालिका लाई जिल्ला स्तरीय फुटवलको उपाधि

सुदूरपश्चिम सरकारले प्रदेश स्तरीय विभिन्न खेलकुदको आयोजना गर्ने सामाजिक विकास मन्त्री खड्का


कञ्चनपुर : जिल्लाको बेदकोट नगरपालिकामा आयोजना भएको जिल्ला स्तरीय फुटबल प्रतियोगिताको उपाधि दोधारा चादँनी नगरपालिकाले जितेको छ।May be an image of 13 people, including Khadak Bikram Thapa, people standing and grass
कार्तिक ३ गतेदेखि संञ्चालन भएको जिल्लास्तरीय फुटवल प्रतियोगिताको उपाधि एकता युवा क्लब बेलडाँडी लाई पराजित गर्दै दोधारा चादनी नगरपालिकाले रोमाञ्चक जित हात पारेको हो। आज भएको फाईनल खेलमा एकता युवा क्लब बेलडाँडी गाउँपालिका लाई दोधारा चादँनी नगरपालिकाले ३–२ गोल को अन्तरले पाखा लगाउदै उपाधी उचालेको छ।May be an image of 12 people, including Su-Rain Gree, people standing and grass
दोधारा चादनी नगरपालिकाको टिमले उपाधिसंगै ५० हजार नगद प्राप्त गर्नुको साथै मेडल, ट्रफि र प्रमाणपत्र पाएको छ । उपविजेता एकता युवा क्लवले २५ हजारमै चित्त बुझाएको छ । जनचेतना युवाक्लवले आयोजना गरेको प्रतियोगितामा तृतिय भएको सुन्दरपुुर खेलकुद तथा समाज विकास समितिले ५ हजार ५ सय ५१ नगद सहित प्रमाण पत्र, ट्रफि मेडल हात पारेको छ।May be an image of 9 people, including Puskar Thapa and people standing
प्रतियोगिता भरीमा सर्वाधि गोल गर्ने एकता युवा क्लवका खेलाडी कृष्ण बहादुर मगर, उत्कृष्ट मिडफिल्डर बिशाल शाह, उत्कृष्ट गोलरक्षक एमसिडिसिका मिलन थापा, उत्कृष्ट खेलाडी सुन्दरपुुर खेलकुद तथा समाज विकास समिति का क्षीतिज धामी र उत्कृष्ट डिफेन्स दोधारा चादनीका सुमन थारु मगरलाई कप प्रदान गरिएको थियो ।May be an image of 10 people and people standingMay be an image of 6 people and people standingMay be an image of 7 people and people standingMay be an image of 9 people and people standing
जनचेतना युवा क्लवका अध्यक्ष हेमन्त चटौतको सभापतित्व तथा सुदूरपश्चिम प्रदेश सरकारका समाजिक विकास मन्त्री लाल बहादुर खड्काको प्रमुख आतिथ्यतामा प्रतियोगिताको समापन समारो सम्पन्न भएको हो ।
May be an image of 9 people, including Lal Bahadur Khadka, people standing and outdoorsMay be an image of 3 people, including Lal Bahadur Khadka, people standing, grass, tree and sky त्यसैगरी विशिष्ठ अतिथिमा बेदकोट नगरपालिकाका मेयर अशोक कुमार चन्द ,बेदको नगरपालिका वडा न.१० का वडाध्यक्ष केशव रावल, सुप प्रदेशका प्रशिक्षक प्रमुख विमल खडायत, कञ्चनपुर फुटवल संघका महासचिव रमेश चन्द र अखिल नेपाल फुटवल संघ(एन्फा)का प्रशिक्षक पुष्कर शाही लगायत खेलकुद क्षेत्रलाई माया गर्ने खेल प्रेमी, समाजसेवी बुद्धिजीवीको सहभागिता रहेका थियो । प्रतियोगितामा १६ वटा टिमको सहभागिता रहेको थिए भने प्रतियोगिता नकआउट आधारमा खेलाईएको थियो ।May be an image of 8 people and people standing
प्रमुख अतिथि रहनु भएका सुदूरपश्चिम सरकारका सामाजिक विकास मन्त्री लाल बहादुर खडकाले समापन कार्यक्रममा बोल्दै उनले भने ‘ विजेता र उपविजेता टिमलाई बधाई दिदै कोभिड-१९ कोरोना भाइरसले थला परेका खेलकुद जगत लाई माथी उकास्न सुदूरपश्चिम सरकारले आगामी दिनका लागि तयारीमा जुटेको र छिट्टै सुदूरपश्चिम प्रदेश स्तरीय विभिन्न खेलकुदको आयोजना गर्ने तयारीमा रहेको र यो प्रतियोगिताले जिल्लाको राम्रो फुटबल टिम बन्नमा समेत सहयोग पुग्ने बताउनु भयो।’May be an image of 12 people, including Lal Bahadur Khadka, people sitting, people standing and outdoorsMay be an image of 6 people, people standing and grassMay be an image of 5 people, including Lal Bahadur Khadka, people standing, grass and skyMay be an image of 7 people, people standing and outdoorsMay be an image of 14 people and people standingMay be an image of 4 people, people standing, people sitting and indoorMay be an image of 4 people, people standing and grassMay be an image of 6 people, people standing and grassMay be an image of 9 people, people standing and grass

ताजा समाचार

spot_img