कञ्चनपुरमाबेमौसमी पानीले मंसिरे धान पनि नष्ट (भिडियो सहित)


कञ्चनपुर : कञ्चनपुर जिल्लामा पहिलो पटक परीक्षणको रुपमा लगाएको मंसिरे धान बेमौसमी पानीले डुबान हुँदा नष्ट गरेको छ । जेठ पहिलो साता लगाएको कालानमक र वासमती धान मंसिरको अन्तिम र पुसको पहिलो साता पाक्ने विज्ञहरुले बताएका थिए ।

असोज ३१ गते देखि लगातार ३ दिन सम्म परेको अविरल वर्षाको कारण जिल्लाको भीमदत्त नगरपालिका–१५ गौवरैयाका कृर्षक रघु भट्टको एक विघा जमिनमा लगाएको धान नष्ट भएको हो । उनले प्रदेश नं. २ बाट धानको विउ खरीद गरी परीक्षणको रुपमा जेठको पहिलो सातामा रापेका थिए । उक्त जमिनमा याहाँको रैथाने धान करीब २० क्विन्टल फल्ने कृषक भट्टले बताए । ‘मेरो त्यो एक विघा जमिनमा रैथाने जातको धान लगाउदा हामीलाई वर्ष दिन खाएर १० क्विन्टल जति विक्री गर्न पुग्थ्यो’, कृषक भट्टले भने ‘यो अविरल वर्षाका कारण यसपाली घरमा उपभोग गर्न आवश्यक पर्ने १० क्विन्टल भन्दा बढी धान किनेर खानु पर्ने देखिन्छ ।’No description available.

कालानमक र वासमती धान मसिनो र त्यसको परिकार स्वादिष्ट हुने भएकाले आफुले बाहिरबाट विउ मगाएर रोपेको भट्टले बताए । यी दुई जातका धानको विउ सुदूरपश्चिममै नपाईए पछि आफुले प्रदेश नं. २ बाट ल्याएको कृषक भट्टले जिकीर गरे ।


Loading Viewer...

ताजा समाचार

spot_img