कञ्चनपुर : सुदूरपश्चिम प्रदेशको फुटबल क्षेत्रमा एकाएक आकर्षण बढ्ने क्रम जारी रहेको बेलामा नेपाली राष्ट्रिय यू- २३ टोलि कप्तानको जिम्मेवारीमा सुदूरपश्चिम प्रदेशका सान अर्पण कार्कीले पाएका छन् ।

कञ्चनपुर जिल्लाको महेन्द्रनगर स्थित खुलामञ्चमा बाट आफ्नो फुटबलको यात्रा सुरुवात गरेका आफ्नो मेहनत र फुटबल खेलप्रतिको लगाब र झुकापले फुटबल लाई आत्मसात गर्दै एक पछी अर्को सफलताका साथ महत्त्वपूर्ण जिम्मेवारी समाल्दै आएका छन् ।
उनले स्नातक तहमा अध्ययनरत अर्पणले महेन्द्रनगरकै खुलामञ्चमा फुटबलको अभ्यास गरेको हुन् । भीभदत्त नगरपालिका– ६ ऐठपुर घर भएका उनी १०÷११ वर्षकै उमेरदेखि मञ्चमा अभ्यास गर्न आउँथे । त्यही बेलादेखि उनी फुटबलमा तल्लीन छन् । स्थानीय स्तरमा पनि उनी विभिन्न प्रतियोगितमा सहभागी भइरहन्थे ।

नेपाली युवा टोलीमा उनको यात्रा सन् २०१४ मा यु–१४ टिमबाट दिल्लीमा सुब्रतो कपबाट शुरु भएको हो । त्यसपछि यु–१६, यु–१८, यु–१९, यु–२३ बाट खेलिसकेको छन् । २०१७मा उनै कम्पानीमा भुटानमा भएको अन्डर –१८ साफ च्याम्पियनसिप फाइनलमा भारतलाई २–० गोलले पराजित गर्दै नेपाली टोली च्याम्पियन भएको थियो । ०१७ मै किर्गिस्तानमा भएको एएफसी अण्डर –१९ छनोट चरणमा नेपाली टिमको कप्तान कार्की नै थिए ।

नेपाल गत वर्ष दक्षिण एसियाली खेलकुद(साग)मा स्वर्ण पदक विजेता टिममा पनि कार्की दोस्रो रोजाइका गोलकिपर थिए । उनले नेपाल पुलिस क्लब त्रिभुवन आर्मी क्लबसँगै माल्भ्सिको जेजे स्पोर्टस क्लब र भुटानको पारे एएफसी क्लबबाट सम्पर्कमा छन् । उनी सुदूरपश्चिम प्रदेश नेपाली राष्ट्रिय टिमको जिम्मेवारी समाल्ने तेस्रो कप्तानका रुपमा रहेका छन् । पहिलो निराजन मल्ल ,दोस्रो बिरेन्द्र चन्द रहेका छन् ।
नेपाली राष्ट्रिय यू-२३ फुटबल टोली एएफसी यू-२३ एसियन कप छनोटमा प्रतिस्पर्धा गर्न मंगलबार ताजिकिस्तान प्रस्थान गर्दैछ । झन्डै एक महिना तयारी गरेर नेपाली टोली प्रशिक्षक बालगोपाल महर्जनको नेतृत्वमा त्यसतर्फ प्रस्थान गरेको छ।
एसियाली फुटबलको पावरहाउस इरान, लेबनान र ताजिकिस्तान नेपालको समूहमा रहेका छन् । २३ खेलाडी र १२ अफिसियलसहित ३५ सदस्यीय टोलीलाई युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले सोमबार एक कार्यक्रमबीच बिदाइ गरे । उनले साफ च्याम्पियनसिपको नतिजाले मनोबल उच्च रहेको अवस्थामा टोलीलाई सफलता हासिल गर्न शुभकामना दिए ।
त्यस्तै टोलीका प्रशिक्षक महर्जनले भने कमजोर तयारी भएपनि टोलीले राम्रो प्रदर्शन गर्ने विश्वास देखाए । ‘हाम्रा प्रतिद्वन्द्वी एसियाली फुटबल नभएर युरोपेली स्तरका छन् । हामीले सकेसम्म राम्रो फुटबल खेल्ने हो । समूह विजेता बन्ने भन्दापनि खेल अनुसार आफूलाई प्रस्तुत गर्नेछौं,’ उनले भने ।
प्रशिक्षक महर्जनले आइतबार २३ सदस्यीय अन्तिम टोलीको घोषणा गरेका थिए । माल्दिभ्सको मालेमा शनिबार सम्पन्न साफ च्याम्पियनसिपको उपविजेता बनेको सिनियर टोलीका ६ खेलाडी टोलीमा रहेका छन् । डिफेन्डरद्वय सुमन अर्याल र गौतम श्रेष्ठसँगै मिडफिल्डरहरु नितिन थापा, सुरज जिउ ठकुरी र आयुष घलान तथा फरवार्ड मनिष डाँगीले पनि यू-२३ टोलीमा खेल्नेछन् ।
महर्जनले राष्ट्रिय टोलीका खेलाडीले हालसम्म टोलीसँग प्रशिक्षण नगरेकाले केहि समस्या रहने बताए । ‘राष्ट्रिय टोलीका ६ खेलाडी छन् । तर उनीहरुले टोलीसँग प्रशिक्षण गरेका छैनन् । सिनियर टोलीबाट खेलिसकेका हुनाले स्तरमा शंका गर्ने ठाउँ छैन । तर टोलीको समिकरण हेरेर अघि बढ्नेछौं,’ उनले थपे ।
नेपालले प्रतियोगिताको तयारीस्वरुप ताजिकिस्तानमै एक मैत्रीपूर्ण खेल पनि खेल्दैछ । उक्त खेलले टोली छनोटका लागि सहज हुने महर्जनले बताए ।
राष्ट्रिय टोलीको अनुभव बोकिसकेका राजन गुरुङ, सेसेहाङ आङदेम्बे, एरिक विष्ट, अभिषेक रिजाल र दर्शन गुरुङ पनि टोलीमा छन् । प्रशिक्षक महर्जनले गोलरक्षकमा अर्पण कार्की, विशाल सुनार र अभिषेक बराललाई समेटेका छन् । डिफेन्समा शिव गुरुङ, रन्दिप पौडेल र अभिषेक लिम्बु पनि छन् । त्यस्तै मिडफिल्डमा अनिल महर्जन, राजीव लोप्चन, रोशन पहरी र शिशिर लेखि पनि छन् । आक्रमणमा आकाश बुढामगर र ऋतिक कुमार खड्का टोलीमा छन् ।
एएफसी यु–२३ एसियन कप छनोट २५ देखि ३१ अक्टोबरमा हुँदैछ । टोलीले पछिल्लो एक महिनादेखि अखिल नेपाल फुटबल संघ (एन्फा) मा नियमित प्रशिक्षण गरिरहेको छ । छनोटमा समूह ‘बी’ मा नेपालले ताजिकिस्तानसँगै इरान र लेवनानसँग खेल्नेछ । नेपालले २५ अक्टोबरमा इरान, २८ अक्टोबरमा ताजिकिस्तान र लेबनानसँग ३१ अक्टोबरमा प्रतिस्पर्धा गर्नेछ ।
एएफसीले प्रतियोगिताको छनोटमा सहभागी ४१ टोलीलाई ११ समूहमा विभाजन गरेको छ । पूर्वका १९ र पश्चिम क्षेत्रका २३ गरेर ३ वा ४ टोलीसहितको ११ समूह निर्धारण गरिएको हो । समूह के बाट उत्तर कोरियाले नाम फिर्ता लिएपछि उक्त समुहमा तीन टोली छन् । त्यस्तै समूह एफमा पनि चीन र ब्रुनाईले नाम फिर्ता लिएका छन् । प्रतियोगिता सन् २०२२ को जुन १ देखि १९ सम्म उज्बेकिस्तानमा हुनेछ । छनोट चरणका खेल भने २०२१ अक्टोबरमा हुँदैछ ।
नेपालले हालसम्म एएफसीको यू-२३ एसियन कप प्रतियोगिताको छनोट चरण पार गर्न सकेको छैन । पछिल्लो दुई संस्करणमा नेपाली टोली जितविहिन हुँदै छनोटबाट घर फर्केको थियो । दुवै संस्करणमा नेपालले गोल गर्न सकेको थिएन ।
प्रतियोगिताको पाँचौ संस्करणमा आइपुग्दा इराक, जापान, उज्बेकिस्तान र दक्षिण कोरियाले १-१ पटक उपाधि जितेका छन् । साविक विजेता दक्षिण कोरिया सन् २०१६ मा उपविजेता समेत रहेको थियो । गत संस्करणमा पराजित साउदी अरेबिया भने २०१३ मा भएको पहिलो संस्करणमा पनि फाइनलमा हारेको थियो ।
२३ सदस्यीय अन्तिम टोली :
गोलरक्षक – अर्पण कार्की, विशाल सुनार, अभिषेक बराल
डिफेन्डर – सुमन अर्याल, गौतम श्रेष्ठ, राजन गुरुङ, रन्दिप पौडेल, अभिषेक लिम्बु, शिव गुरुङ
मिडफिल्डर – नितिन थापा, सुरज ज्यु ठकुरी, आयुष घलान, सेसेहाङ आङदेम्वे, अनिल महर्जन, राजीव लोप्चन, शिशिर लेखी, आकाश बुढामगर, एरिक विष्ट, रोशन पहारी
फरवार्ड – मनिष डाँगी, अभिषेक रिजाल, दर्शन गुरुङ, ऋतिक कुमार खड्का






