कञ्चनपुर : जिल्लाको महेन्द्रनगरमा टोल विकास संस्थाका लागि क्षमता विकास अभिवृद्धि सम्बन्धि दुई दिने तालिम सम्पन्न भएको छ।

यु.एस.आइ.डी साझेदारी परियोजनाको “कोभिड–१९ विरुद्ध स्थानिय तहको योजना तथा प्रतिकार्यमा सहयोग अभियान ” अन्र्तगत बुधबार भीमदत्त नगरपालिका वडा न.१८ अन्तर्गत रहेको राधाकृष्ण टोल विकास संस्थाका पदाधिकारी लगायत सदस्यहरु लाई नागरिक समाज ,टोल विकास संस्था ,वडा कार्यालय र नगरपालिकाको भुमिका बारेमा दुई दिने तालिम एक कार्यक्रमका बिच सम्पन्न भएको हो।

महेन्द्रनगर स्थित रहेको होटल स्वटी ड्रीम मा असोज १२ र १३ गते सम्म राधाकृष्ण टोल विकास संस्थाका अध्यक्ष हेम बहादुर बस्नेत को अध्यक्षतामा तालिमको आयोजना गरिएको आयोजक संस्थाका प्रतिनिधिले जानकारी दिएको छ।

क्षमता विकास अभिवृद्धि सम्बन्धि तालिम कार्यक्रमको अध्यक्षता मा रहनु भएका राधाकृष्ण टोल विकास संस्थाका अध्यक्ष बस्नेतले ‘ तालिम बाट टोल विकास संस्थाहरुले गर्नु पर्ने काम कार्य र कर्तव्यहरु को बारेमा जानकारी भएको र वडामा योजना तर्जुमा , योजना छनोट तथा प्राथमिकताको प्रक्रिया बारेमा जानकारी पाउँदा आयोजक लाई धन्यवाद दिनुका साथै आगामी दिनमा समेत टोल विकास संस्था बिचमा यस्ता थप तालिम कार्यक्रमको आयोजना हुनु पर्ने अपेक्षा समेत रहेको बताउनु भयो। उनले भने “स्थानीय तहबाट टोल विकासका लागि सहयोग गरे श्रमदान गर्ने समेत छौँ ।”
अध्यक्षता राधाकृष्ण टोल विकास समितिका अध्यक्ष हेम बस्नेत ,प्रमुख अतिथि भीमदत्त नगरपालिका प्रशासकीय अधिकृत हरि सिंह धामी,अतिथिहरु मा निड्स नेपालका अध्यक्ष अञ्जु जोशी भट्ट , कार्यकारी निर्देशक भवराज रेग्मी,भीमदत्तका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र राज जोशी , भिम सिंह महरा टोल विकास समितिका पदाधिकारी सदस्यहरु लगायतको उपस्थिती रहेको थियो।







