बझाङ : बझाङ, दुर्गाथली गाउँपालिका – ५ भलाने बस्ने ८० वर्षीया रिखि जप्रेलको उनकै बारीमा खाल्डोमा पुरेको अवस्थामा बिहीबार बिहान शव फेला परेको छ ।

आफ्नै छोराको घरबाट १ सय मिटर टाढा छुट्टै घरमा बस्दै आएकी रिखि गत आइतबार बिहानदेखि घरमा फेला नपरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बझाङ र ईलाका प्रहरी कार्यालय दुर्गाथलिबाट खटिएको प्रहरीले खोजी गर्नेक्रममा उक्त बारीमा पुरिएको अवस्थामा उनको शव फेला परेको हो ।

घटनामा शंकास्पद १ जनालाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।







