कञ्चनपुर : काठ चोरी मुद्धामा १ महिना कैद र २ हजार ३ सय २२ रुपैया जरिवाना सजाय पाएका अभियुक्त पक्राउ परेका छन् ।

कञ्चनपुर जिल्ला अदालतले २०६७ जेष्ठ ५ गते काठ चोरी मुद्धामा भीनपा १४ बस्ने गणेश बहादुर विष्टलाई १ महिना कैद र २ हजार ३ सय २२ रुपैया जरिवाना सजाय सुनाएको थियो । विष्टले सजाय भुक्तान गर्नको साटो फरार रहेका थिए ।

काठ चोरी मुद्धामा सजाय पाएका विष्टलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले निजकै घर ठेगानाबाट पक्राउ गरी जिल्ला अदालत कञ्चनपुरमा पेश गराई अदालतबाट कैदी पुर्जी जारी भएपछि निज विष्टलाई कैद भुक्तानको लागी कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

