बेदकोटका किसानलाई कृषि यन्त्र उपकरण

कञ्चनपुर : कञ्चनपुरको बेदकोट नगरका किसानलाई कृषि यन्त्र उपकरण(पावर टिलर) वितरण गरिएको छ । कोभिडका कारण स्वदेश फर्किएका युवा एव ग्रामिण भेगका किसानलाई कृषिमा आत्मनिर्भर बनाउनका लागि कृषि यन्त्र उपकरण (पावर टिलर) वितरण गरेको हो । आइतबार बेदकोटका १० वटै वडाहरुबाट दुई जना किसान दरले २० किसानलाई पावर टिलर वितरण गरिएको छ । स्वीट नेपाल, यूनडिपी र बेदकोट नगरपालिकाको सयुक्त साझेदारीमा नगरका २० किसानलाई पावर टिलर वितरण गरिएको हो । स्वीट नेपाल कञ्चनपुरका अध्यक्ष अमिर तिरुवाले यूनडिपी नेपाल र बेदकोट नगरपालिकाको सहयोगमा स्वीट नेपालले संचालन गरेको कोभिट १९ प्रतिक्रिया तथा समाजिक आर्थिक पुर्नप्राप्ती परियोजना अन्र्तरगत बेदकोट नगरका सबै वडाहरुका किसानलाई कृषि यन्त्रउपकरण वितरण गरिएको बताए ।

May be an image of 6 people, people sitting, people standing, tree, outdoors and text that says "@ ntionan प्रताक्रय रणचेदम वेदकोट नगरपालिका, स्वीट नेपालको ५०% लागत जन्य उपकरण (पावर टिलर) श कार्यक्रम गते २० दकोट आयोजल सिसैया मा.विसत"

५० प्रतिशत अनुदानमा पावर टिलर वितरण गरिएको स्वीट नेपालका अध्यक्ष तिरुवाले बताए । उनका अनुसार पहिलो चरणमा देखिएको कोरोना महामारीपछि विदेशबाट फर्किएका युवाहरुका लागि स्वदेशमै कृषि उत्पादनका कार्यक्रम संचालनका लागि योजना ल्याईएको बताए । गत बर्षदेखि बेदकोट नगरका किसानका लागि आत्मनिर्भर बन्नाका लागि बिउबिजन वितरणदेखि तालिम लगायतका कृषि प्रर्बद्धनात्मक कार्यक्रम संचालन गरिएको बताए । बेदकोट नगरका मेयर अशोक कुमार चन्दले किसानलाई आत्मनिर्भर बनाउने उदेश्यका साथ नगरपालिकाले अघि सारेको लक्ष्य अनुरुप दातृ निकाय एव साझेदार संस्थाहरुसंगको सहकार्यमा किसानलाई कृषिमा आत्मनिर्भर बनाउने काम भईरहेको बताए । ‘नगरपालिकाले कृषि तर्फ पशुपालन र उन्नत प्रजातिको बाली सुधारका लागि योजना ल्याएको छ, ‘मेयर चन्दले भने, ‘अहिले किसानलाई यन्त्रिकरण वितरण गरेका छौँ ।’

May be an image of one or more people, people standing, outdoors and tree

गत बर्ष झण्डै ५ सय किसानलाई उद्यमी बनाउने काम भएको बताउदै उनले कृषिका लागि प्रसस्तै सम्भावना बोकेको बेदकोट नगरमा दुधका लागि आत्मनिर्भर भईसकेको बताए । ‘कृषिमा आत्मनिर्भर बन्नका लागि थप यान्त्रिकरण वितरण गरेका छौँ, ‘मेयर चन्दले भने, ‘बेदकोट नगर कृषिबाटै आर्थिक सम्बृद्धिको बाटोतर उन्मुख हुन्छ ।’ आगामी दिनमा समेत स्थानीय किसानको आत्मनिर्भरका लागि कार्यक्रम गरिने बताए । बेदकोट नगरका प्रमुख प्रशासकीय अधिकृत पदम राज भट्टले आयआर्जनका लागि कृषिमा आत्मनिर्भरको विकल्प नभएको बताए । यन्त्र पाएका किसानले व्यवसायिक कृषिका लागि उपकरणले थप कृषि कार्यका लागि सहजता ल्याएको बताएका छन । यूनडिपीका प्रतिनिधी अमित मिश्रले कोडिभका कारण विदेशबाट फर्किएका युवालाई कृषिमा संलग्न गराई आत्मनिर्भरतका लागि कार्यक्रम संचालन गरिएको बताए ।

May be an image of 5 people, people standing and outdoors

बेदकोट नगर ८का किसान रुकुम लुहारले यन्त्र पाएसंगै खेतीका लागि सहज हुने बताए । ‘पहिलो गोरु मार्फतै खेत जोत्दै आएको थिए, ‘उनले भने, ‘एकातिर गोरुलाई बर्षभर पाल्नुपर्ने अर्कातिर कडा मेहनत गर्नुपग्थ्यो, अब यन्त्र पाएपछि सहज भएको छ ।’ बेदकोट नगर ७ कि किसान तारा डगौराले खेतिपातिका लागि कृषियन्त्र सहज हुने बताए । ‘पावर टिलरबाट थप काम गर्न सहज भएको छ, ‘उनले भनिन, ‘अब दैनिक कृषि कार्यमा जुट्छु ।’ किसानलाई पावर टिलर वितरण कार्यक्रमको संचालन स्वीट नेपाल कञ्चनपुरका संयोजक अमित सुनारले गरेको कार्यक्रममा जनप्रतिनिधी, कर्मचारी, किसान लगायतको सहभागिता रहेको थियो ।

ताजा समाचार

spot_img