कञ्चनपुर ः जिल्ला प्रशासन कार्यालयले कोभिड–१९ को प्रकोप बढ्दै गए पछि २०७८ बैशाख १६ गते बाट जारी गरको निषेधाज्ञा भदौं १८ गते राती १२ बजे बाट हटाएको छ तर सबैले स्वास्थ्य मापदण्डको नियम पुर्ण पालना गर्नु पर्ने छ, नगरेको पाईएमा जरिवाना अथवा कानुनी कारवाही पनि हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

त्यसैगरी शैक्षिक संस्थाहरुले भौतिक पठनपाठन गराउन पाउने भएका छन् । जिल्ला प्रशासन कार्यालयले सके सम्म भौतिक उपस्थितिमा नभई भर्चुअल माध्यमबाट पठन पाठन गर्ने गराउने भनेको छ तर सबै विद्यार्थीहरुको पँहुचमा इन्टरनेट र मोबाइल, ल्यापटप नभएकोले विद्यालयहरुले भौतिक रुपमै सञ्चालन गराउन खोजिरहेका छन् तर भौतिक उपस्थितीमा पठन पाठन गर्दा २०७८ श्रवाणमा जारी गरेको स्मार्ट लकडाउन सम्बन्धी कार्यविधिको प्रावधान भित्र रही जनस्वास्थ्यका मापदण्डहरुको पालना गरी पढाउनु पर्ने छ । कोभिड– १९का कारण २०७६ चैत्र ११ देखि देशभर निषेधाज्ञा जारी भए पछि बन्द भएका विद्यालय २०७७ माघ, फागुन देखि विस्तारै पढाई सञ्चालन हुने क्रममा थिए । हाल कोभिड–१९को जोखिम रहे पनि विद्यार्थीको भविष्य र कहिले सम्म शैक्षिक संस्थाहरु बन्द गर्ने भन्दै अभिभावक तथा विद्यालय सञ्चालकहरुको चौतर्फी दबाब सिर्जन भए पछि शैक्षिक संस्था सञ्चालनमा ल्याउने भएको हो ।

साथै अनावश्यक रुपमा मानिसहरु जम्मा हुने, भिडभाड गर्ने, सभा जुलुस गर्ने सामुहिक रुपमा पूजाअर्चना गर्ने जस्ता कार्य नगराउने, सर्वसाधारण व्यक्ति, समूह तथा संस्था लगायतबाट आर्थिक, समाजिक तथा व्यवसायिक गतिविधिहरु सञ्चालन गर्दा, सार्वजनिक स्थानमा आवतजात गर्दा नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्डहरुको पूर्णरुपमा पालना गर्ने पालना नगरेको पाइएका जरिवाना हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कोभिड–१९ सम्बन्धी आदेशको प्रभावकारी पालना सम्बन्धमा सम्बन्धित स्थानीय तह र सुरक्षा निकायबाट नियमित तथा आकस्मिक अनुगमन गरिनेछ । अनुगमनका क्रममा अवज्ञा भएको पाईएमा कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ अनुसार कारवाही हुने तथा संक्रमण बढ्न गएका कुनै पनि बेला पुनरावलोकन हुने प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेलले जारी गरेका आदेशमा उल्लेख छ ।







