दोधारा चाँदनी नगरपालिका ८ मा वाईसियल वडा कमिटि गठन


दोधारा : नेकपा माओवादी केन्द्र निकट योङ्ग कम्यूनिष्ट लिक (वाईसियल) नेपालले एक संघीय निर्वाचन क्षेत्रमा हजार वाईसियल सदस्य विस्तार अभियान अन्र्तरगत दोधारा चाँदनी नगरपालिका वडा नं. ८ मा समेत संगठन विस्तार गरेको छ् । नेकपा माओबादी केन्द्र दोधारा चाँदनीले आज दोधारा चाँदनी नगरपालिका–८ मा योङ्ग कम्यूनिष्ट लिक (वाईसियल) वडा कमिटि गठन गरेको नेकपा माओबादी केन्द्र दोधारा चाँदनीका सचिव भिम कुमालले जानकारी दिएका छन् ।

No description available.

नर बहादुर सुनारको संयोजकत्वमा २३ सदस्यीय योङ्ग कम्यूनिष्ट लिक (वाईसियल) वडा कमिटि विस्तार गरेको हो । कार्यक्रममा नेकपा माओबादी केन्द्र दोधारा चाँदनीका सचिव भिम कुमाल, नेकपा माओबादी केन्द्र दोधारा चाँदनीका नगर ईन्चार्ज भरत भट्ट, योङ्ग कम्यूनिष्ट लिक (वाईसियल) दोधारा चाँदनी नगर ईन्चार्ज अंगबिर दमाई, क्षेत्रिय ईन्चार्ज ईन्द्र बहादुर रावत, नेकपा माओबदी नगर सदस्य रतन ओली लगाएत कार्यकर्ताको उपस्थिती रहेको थियो ।

नेकपा माओवादी केन्द्र निकट योङ्ग कम्यूनिष्ट लिक (वाईसियल) नेपालले एक संघीय निर्वाचन क्षेत्रमा हजार वाईसियल सदस्य विस्तार अभियान अन्र्तरगत दोधारा चाँदनीको वडा नं. १, २, ३ र ८ मा कम्यूनिष्ट लिक (वाईसियल) वडा कमिटि गठन गरिएको नेकपा माओबादी केन्द्र दोधारा चाँदनीका सचिव भिम कुमालले बताएका छन् ।

 


Loading Viewer...

ताजा समाचार

spot_img