दोधारा : बडवाल टोलमा जंगली हात्तीको आतंकलाई रोक्न वडा कार्यालयले साईरन बितरण गरेको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ३ बडवाल टोलमा भारतबाट आउने गरेको जंगली हात्तीको बथानले स्थानिय किसानको खेतवाली खाएर आतंक मच्चाउन थालेपछि वडा नं. ३ वडा कार्यालयले हाते साईरन बितरण गरेको दोधारा चाँदनी नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष पुष्कर जोशीले बताएका छन् । बडवाल टोलका हात्ती आउने टोलहरुमा ५ थान हाते साईरन मसिन बितरण गरेको वडाध्यक्ष जोशीले बताएका छन् । भारतिय जंगलबाट बस्तीमा भित्रिदै आएको हात्तीको बथानले रातीको समयमा आतंक मच्चाउदै आएको कारण स्थानियहरुको जिउ धनको सुरक्षाको लागी ५ थान हाते साईरन बितरण गरिएको दोधारा चाँदनी नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष पुष्कर दत्त जोशीले बताएका छन् ।

‘जंगली हात्तीले स्थानिय किसानको मध्यरातको समयमा खेतीवाली खाएर, उधनेर नष्ट गर्न थालेपछि वडा कार्यालयबाट हात्तीबाट जोग्गीन तथा धपाउन ५ थान हाते साईरन बितरण गरेका हौं’ दोधारा चाँदनी नगरपालिका वडा नं. ३ वडा अध्यक्ष पुष्कर जोशीले भने- ‘थप केही साईरन अझै बितरण गर्ने तयारीमा छौं । ’स्थानियहरु रातीको समयमा हात्तीको बथानबाट खेतीपाती जोगाउन थाल बजाउने आगोको धुनी बाल्ने गर्दै आउका छन् । बस्तीमा हात्ती आएको सबैलाई जानकारी गराउन समेत साईरनले राम्रो काम गर्ने भएपछि स्थानियबासी वडा कार्यालयले समस्यामा परेको अवस्थामा साईरन दिएर सहयोग गरेको भन्दै वडाध्यक्ष प्रति खुशी ब्यक्त गर्दै स्थानियहरुले धन्यबाद दिएका थिए । स्थानियबासी शान्ती नेपालीले हँत्तीबाट खेती जोगाउन र हात्ती बस्तीमा पसेको जानकारी गराउने उद्धेश्यले वडा कार्यालयले बितरण गरेको साईरनले स्थानिय किसानहरुमा खुशी छाएको बताएका छन् ।

वडा कार्यालयले स्थानिय किसानहरुको मर्म बुझेर हँत्ती धपाउन र बस्तीलाई हात्ती बस्ती पसेपछि सजग गर्न बितरण गरेको साइरन समय अनुकुल रहेको उनले बताएका छन् । ‘वडा कार्यालयबाट हामी हात्ती पिडितहरुलाई बेला बेला बिभिन्न प्रकारको सहयोग पाईरहेको हुदा वडाका अध्यक्ष लगाएत उहूँको टिमलाई बिशेष धन्यबाद दिन्छौं’ साईरन बितरण कार्यक्रममा अर्का स्थानियबासी शुरेश सुनारले भने । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र भारतिय जंगल संग जोडिएको दोधारा चाँदनी नगरपालिका हो । बिगतका दिनहरुमा नगरपालिकालाई सरकारले मध्यवर्ती क्षेत्र घोषणा गरेको हो ।
मध्यवर्ती क्षेत्रका बासिन्दालाई बन्यजन्तुबाट जोगाउन सञ्चालित कार्यक्रमबाट खासै लाभ नपुगेको पीडितको भनाई छ् । २०५५ सालमा दोधारा चाूदनी नगरपालिकालाई मध्यवर्ती क्षेत्र घोषणा गर्दा स्थानियहरुको जिउ धनको सुरक्षा संगै खेती बालीको सुरक्षा हुने स्थानीयको आशा थियो । बन्यजन्तु संरक्षण संगै आय(आर्जन कार्यक्रमले गाूउ खुशी हुनेमा सर्वसाधारण विश्वस्त थिए ।

मध्यवर्ती क्षेत्र घोषणा गरेको दुई दशक बित्दा पनि बन्यजन्तुले दिएको पीडा घट्नुको साटो बढ्दै गएको छ् । मध्यवर्ती क्षेत्र ब्यवस्थापनले जंगली हात्तीले आतंक मच्चाएर दर्जनौं किसानको धान तथा मकै वाली नष्ट गर्दा समेत राहत तथा क्षतीपुर्तीको ब्यवस्था अझै सम्म नगरेको स्थाीनयको गुनासो छ् । वडा कार्यालयले समय समयमा हात्ती आतंकलाई रोक्न सहयोग र पहल गर्दै आएको वडा नं. ३ का वडा सदस्य तेज सिंह थापाले बताएका छन् । वडा कार्यालयको पहलमा यस अघि बडवाल टोलमा जंगली हात्तीको आतंक र जिउ धनको सुरक्षाको लागी संघिय सरकार संग अनुरोध गरि १२ थान सोलर सहित सौर्यबत्ती जडान समेत गरिएको उनको भनाई रहेको छ् । यस पटक पनि हात्ती स्थानियहरुको अन्नवाली खाएर नष्ट गर्दै गरेको अवस्थामा हात्ती धपाउन र हँत्ती बस्ती पसेको बेला स्थाीनयहरु सजग गर्न साईरन बितरण गरेको वडा नं. ३ का वडा सदस्य तेज सिंह थापाले बताएका छन् ।






