दोधारा चाँदनीका युवक १५ दिन देखि सम्पर्क बिहिन


दोधारा : दोधारा चाँदनीका एक युवक १५ दिन देखि सम्पर्क बिहिन भएका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. ६ निवासी वर्ष ४२ का पदम बहादुर मगर दोधारा चाँदनी नगरपालिका देखि महेन्द्रनगर जाने क्रममा सम्पर्क बिहिन भएका हुन् ।

गहुँ गोरो वर्ण भएको उचाई झण्डै ५ फिट कान नसुन्ने र बोल्न नसक्ने दोधारा चाँदनी नगरपालिका देखि महेन्द्रनगर आफ्नो दाईलाई भेट्न जाने क्रममा सम्पर्क बिहिन भएको उनका दाई चरन सिंह गाहा मगरले बताएका छन् । पदमलाई सबै तिर खोजी गर्दा समेत फेला नपरेको पदमका दाई चरन सिंह गाहा मगरले बताएका छन् ।

कसैले आफ्नो भाईलाई देखेमा नजिकको प्रहरी कार्यालय वा ९८४८७२६९९६ मा खबर गरिदिनहुन समेत चरन सिंह गाहा मगरले आग्रह गरेका छन् ।


ताजा समाचार

spot_img