बिधुत कटौती रोक्न अनेरास्ववियु कंचनपुरद्वारा बेलौरी वितरण केन्द्रलाई ध्यानाकर्षण पत्र

पुनर्वास – बढ्दो गर्मीमा बारम्बारको बिधुत कटौती रोक्न अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन कंचनपुरले बिधुत प्राधिकरण बेलौरी बितरण केन्द्रलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

सोमबार अनेरास्ववियुका केन्द्रिय सदस्य हेमन्त रेग्मी `हेप्पी´ लगायत टिमको हस्ताक्षर सहितको ध्यानाकर्षण पत्र बेलौरी बिधुत बितरण केन्द्रका प्रमुख रमेश बन्जाडेलाई बुझाएको हो ।

देशमा लोडसेडिङ मुक्त पश्चात पनि मौसम सफा भइरहदा बारम्बारको बिधुत कटौतीले कंचनपुरको दक्षिणी क्षेत्र पुनर्वासका स्थानीयलाई हैरानी बनाएपछि अनेरास्ववियु कंचनपुर खबरदारीमा उत्रिएको केन्द्रिय सदस्य हेमन्त रेग्मी `हेप्पी´ले जानकारी दिए ।

ताजा समाचार