कञ्चनपुर ,

लकडाउनको मौका छोपी गैर कानुनी गतिबिधी र लागु औषधका तस्कर कञ्चनपुर प्रहरी फन्दामा परेका छन । प्रहरीले शनिबार लागु औषधका दुई तस्कर, अवैध काठ सहित तस्करीको समान बरामद गरेको हो ।

कञ्चनपुरका प्रहरी प्रवक्ता अमर बहादुर थापाका अनुसार बेलडाँडी गाँउपालिका २ चवन्नी बजार क्षेत्रबाट म३प ६७७नम्बरको मोटरसाईकलमा सवार बेलडाँडी ५का अनिल राना र जन्म कुमार रानालाई पक्राउ गरिएके छ । उनीहरुको साथबाट एकग्राम खैरो हिरोईन बरामद गरिएको छ । भीमदत्त नगरपालिका १९बाँगफाँटा क्षेत्रबाट ५.८३क्यूसेक काठ बरामद सहित अवैध समान बरामद गरेको हो ।

