बाढिले बगाएर बाजुरामा २ जना बेपत्ता

कञ्चनपुर : आइतबारदेखि अविरल बर्षापछि बाजुराको किम्निखोला र बड्डि खोलामा आएको बाढिमा १ महिला र १ बालक गरि दुई जना बेपत्ता भएका छन। बड्डीगाड खोलाले बगाएर ल्याएका दाउरा ल्याउन जाने क्रममा खोलाले बगाएर बुढिनन्दा नगरपालिका–३ लौठा रुखकी अन्दाजी ३६ वर्षीया मोतिकला ल्वार बेपत्ता भएकी हुन । बेपत्ता ल्वारको खोजी कार्य भएपनि नभेटाएको स्थानीयले बताएका छन् ।

थप सहयोगका लागि इलाका प्रहरी कार्यालय कोल्टीको टोली घटनास्थलमा गएको प्रहरीले जनाएको छ । त्यसैगरी त्रिवेणी नगरपालिकामा किम्नी खोलामा आएको बाढीले बगाउँदा किम्नीकै स्थानीय घुरे बुढाका १३ वर्षीय छोरा कमल बुढा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक धनदेव साउँदले जानकारी दिएका छन। बेपत्ता भएका दुबैको खोजी कार्य भइरहेको बाजुराको प्रहरी श्रोतले जनाएको छ।

ताजा समाचार

spot_img