लागु औषधमा एक भारतिय सहित पाँच जना पक्राउ

कञ्चनपुर: जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र सुदूरपश्चिमको आरआईटीको सयुक्त टोलीले बिषेश सुचनाको आधारमा दोधारा–चाँदनी नगरपालिका १ पक्कीपुल स्थित युके ०६एई ९७५८को नं.को मोटरसाईकलमा आएका जिल्ला चम्फावत भजनपुर ग्राम बस्ने वर्ष २१को अमन चन्दलाई ११.८७ ग्राम खैरो हेरोईनसहित प्रक्राउ परेका छन् ।

भने दोधारा चाँदनी न.पा. ९ बुद्धनगरमा सुपप्रदेश ०२–००३ प ३८८० नं.को मो.सा.मा सवार दोधरा चाँदनी ७ बस्ने वर्ष १८ को आदिप मगर र सार्थक शर्मालाई ६० मिलिग्राम खैरो हेरोईनसहित पक्राउ परेका छन ।

त्यसैगरी पुनर्वास नगरपालिका ६ङ गाँउ का वर्ष २३ को मनोज सुनार र गोदावरि न.पा. वडा नं. ४ वस्ने वर्ष  तेज बिकलाई NITRAVET – 10 = 34 TAB र SPASMOBOKPLUS – 18 TAB सहित पक्राउ गरी अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले जानकारी दिनु भयो ।

ताजा समाचार