सुदूरपश्चिमका खेलकुद विकास समितिका पदाधिकारीहरुले लिए सपथ


कञ्चनपुर ,                                                                                                                  सुदूरपश्चिम प्रदेश खेलकुद परिषद अन्र्तगत जिल्ला खेलकुद विकास समितिका पदाधिकारीहरुले सपथ ग्रहण गरेका छन्। परिषदका अध्यक्ष समेत रहेका सुदूरपश्चिमका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले मंगलबार एक कार्यक्रमकाबीच सपथ गराएका हुन्।

सुप खेलकुद परिषदको गत ७ गतेको बसेको बैठकले कैलाली बाहेक अन्य ८ जिल्लाका अध्यक्षहरु मनोनीत गरेको थियो। परिषद कञ्चनपुरका ओम बहादुर बस्नेत , अछामका मीन बहादुर बोहरा, बाजुराका राकेश थापा, डोटीका, नरेश मलासी, बझाङका पुष्पलाल रोकाया, बैतडीका चमन कुमार भण्डारी र डडेल्धुराका डम्मर बहादुर थापा लाई जिल्ला अध्यक्षमा मनोनित गरिएको छ। कैलाली जिल्ला अध्यक्षको लागि भने मनोनित गर्न बाँकी रहेको परिषदले मार्फत जानकारी दिए।


ताजा समाचार

spot_img