कृषानलाई आफना् जिउ भन्दा, खेतमा छरेको बीउ प्यारो


कञ्चनपुर

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ को दोस्रो लहरको भेरिन्टीले मानव जीवन नै अस्थव्यस्त बनेको छ । दिन प्रतिदिन कोरोनाको संक्रमण बढदै गएको छ भने दिनप्रतिदिन मृत्यु हुने को संख्या पनि वृद्धि हुदै गएको छ । जटिल बन्दै गएको यस परिस्थीतीमा किसान लाई भने आफनो भन्दा पनि वर्षभरी खाने अन्न कसरी जुटाउने भन्ने पिरले सताउएको छ। नगरी काम पुग्दै खान साँझ र बिहान भने झै अहिलेको विषम परिस्थितिमा किसान लाई आफ्नै चिन्ता बढेको छ। जहाँ खेत वारि बाजै त रहने पो हुन कि भनेर चिन्ता परेको छ ।
विश्वभरी फैलिएको

अहिलेको महामारी संगै एकातिर ज्यानको माया छ भने अर्को तिर किसानलाई बर्खायाम संगै असारे खेतिको चिन्ता मनमा रहेको छ। जसका कारण खेती लगाउन खेतबारी संगै खेतमा धानको बिउ छर्ने चिन्ताले किसान भन्छन् ुखेतमा धानको बीउ छर्ने कि महामारीमा आफ्नो जिउ ज्यान जोगाउने ु तर के गर्नु खेत बाजो राख्नु भएन, खेती लागाउनु पर्यो नलगाई नउब्जाई के खाने भन्ने पनि मनमा पिर परेको छ।

प्रविधिमा आधारित रहेर खेती किसानी गर्नु पर्ने भएता पनि अहिले आएर इन्धन, प्रविधिको अभावले आफ्नै परम्परागत रुपमा बनाइएका कृषि औजारको प्रयोग गरेर खेती किसानि गर्नमा ठूलो टेवा पुगेको उनी बताउन्छ।

यस्तो विष्मपरिस्थीतिमा सरकार काहाँ छ ? तीन ठाउमा सरकार बनेको छ भन्छन् तर कहाँ छ त्यो अहिलेको समयमा खोज्ने बेला आएको छ। यसरी खेतिकिसानी गरेर खेतमा छरेको बीउ लाई मलजल गरेर उत्पादन गर्न अति नै आवश्यक पर्ने भएता पनि किसानलाई यो महामारीमा कता बाट कसरी मलखात ल्याउने भन्ने बारेमा पनि एउटा चिन्ताको विषय बनेको छ। जसका कारण मल खादको अभावले सोचेको जस्तो बीउ उत्पादन हुन्छ कि हुदैन भने चिन्ता रहेको छ। जहाँ मल खादको अभावले खेतमा लगाएको धानको बीउ जोगाउने कि आफ्नो ज्यान जोगाउने भने चिन्ता रहेको छ  भने वर्षदिनको अन्न नभएर खानै खान नपाई भोग भोकै मर्नु भन्दा जसरी पनि कृर्षिकार्य गर्नु पर्ने भीनपा –६ का जोठ्ठु डगौरा बताउछन् ।


Loading Viewer...

ताजा समाचार

spot_img