दोधारा

नयाँ भेरियन्ट सहितको कोरोना भाइरसको संक्रमण तीव्र गतिमा वृद्धि भए संगै यसको रोकथाम र नियन्त्रणका लागि दोधारा चा“दनी नगरपालिकामा निषेधाज्ञा जारी गरिएको छ् । यो संगै सडक दुर्घटना, झैझगडा, चोरी डकैती लगाएत सार्वजनिक अपराधका घटनामा कमी आएको छ् । सामाजिक अपराधका घटनामा कमी आए संगै नेपाल प्रहरी अहिले फरक भूमिकामा सक्रिय भईरहेको छ् । शान्ति सुरक्षामा अहोरात्र खटिनु पर्ने ईलाका प्रहरी कार्यालय दोधारा चाँदनी अहिले अस्पतालका लागि अक्सिजन ग्यास र सिलिन्डरको खोजी तथा व्यवस्थापनमा जुटेको छ् ।


निषेधाज्ञा संगै सामाजिक अपराधका घटनामा कमी आए पनि प्रहरी अहिले निषेधाज्ञालाई कार्यान्वयन गराउन र पछिल्लो समय कोरोना सक्रमितको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र दोधारा चाँदनीमा देखिएको अक्सिजन र सिलिन्डरको अभावलाई ध्यान दिदै त्यसको व्यवस्थापनमा जुटेको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीमा प्रहरी निरिक्षक भरत राज गिरीले बताए । ‘अहिलेको अवस्थामा नेपाल प्रहरीको पहिलो दायित्व निषेधाज्ञाको पूर्ण कार्यान्वयन गराउनु हो, त्यस संगै अक्सिजनको अभाव हुन थालेको र अक्सिजनको अभावकै कोरोना सक्रमितको मृत्यु हुन थालेको खबरपछि प्रहरीले अक्सिजन सिलिन्डरको खोजी गर्ने र आवश्यकता अनुसार अस्पतालमा पु¥याउने कार्य गर्दै आएको छ’, ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीमा प्रहरी निरिक्षक भरत राज गिरीले भने ।


हिजो ३ वटा सिलिन्डर जिल्लामा रहेको महाकाली अञ्चल अस्पतालमा पठाईएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीले जनाएको छ् । आज दोधारा चाँदनी नगरपालिका स्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्र दोधारालाई ३ वटा खाली अक्सिजन सिलिण्डर हस्तान्तरण गरिएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीमा प्रहरी निरिक्षक भरत राज गिरीले जानकारी दिएका छन् । ती सिलिन्डर हाल सञ्चालन नभएका उद्योग कलकार खाना, वर्कशप, कवाडी संकलन केन्द्र, घर लगाएत क्षेत्रबाट संकलन गरिएको प्रहरीले जनाएको छ् । ‘ती सिलिण्डर हामीले अस्पतालहरुलाई पछि फिर्ता गर्ने गरी अस्पताललाई दिएका छौं, त्यहाँ बाट फिर्ता आएपछि जहाँ बाट हामीले संकलन गरेका हौं त्यहाँ फिर्ता गर्छौं’, प्रहरी निरिक्षक गिरीले भने । अस्पताल तथा स्वास्थ्य संस्थामा अक्सिजन र अक्सिजन सिलिण्डरको अभाव भएको बेला नेपाल प्रहरीले गरेको मानविय कार्यलाई स्थानियहरुले प्रशंसनिय बताएका
छन् ।






