कञ्चनपुर,

कोरोना महामारीले कञ्चनपुरमा भयाभह रुप लिएपछि नागरिक अक्सिजन नपाएर धमाधम ज्यान गुमाईरहेका छन । क्षण भरमै मानिसको बिना लक्षणपनि मृत्यु भईरहेको छ । बिरामी भएर अस्पताल लग्दालग्दै, अस्पताल पुगेर अक्सिजन बेड नपाएर बिचबाटैमा र अस्पतालको सैयामा उपचारकै क्रममा नागरिकले मृत्यु बरण गर्नुपर्ने बाध्यता छ ।
मंगलबार कञ्चनपुरका १७ जनाले ज्यान गुमाएका छन । स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार १५ जनाले ज्यान गुमाएको तथ्याङ्ग भएपछि सेती, दोधारा अस्पतालमा एक एक र बाँकीले अन्य अस्पतालमा ज्यान गुमाएका छन । सबैभन्दा बढि महाकाली अस्पतालमा ८जना सबैभन्दा बढिले ज्यान गुमाएका छन ।

महाकाली अस्पतालले सार्वजनिक गरेको तथ्याङ्क अनुसार एकै दिन आठ जनाले ज्यान गुमाएका हुन । २४ बर्षिया युवक, ३७ बर्षिया महिलादेखि ६४ बर्षिया पुरुषले ज्यान गुमाएका छन । महाकाली अस्पतालको तथ्याङ्क अनुसार ज्यान गुमाउनेमा सबैभन्दा बढि भीमदत्त नगरपालिका क्षेत्रका रहेका छन । भीमदत्त नगरपालिका १० का ५२ बर्षिया पुरुष, ३ का २४ बर्षिया पुरुष, १८ का ५० बर्षिया पुरुष, ५ का ३७ बर्षिया महिला र २का ५२ बर्षिया पुरुष रहेका छन । बेदकोट नगरपालिका ८की ५५ बर्षिया महिला, १०का ६२ बर्षिया पुरुष, ३का ५७ बर्षिया पुरुषले ज्यान गुमाएका छन । सेती अस्पतालमा कृष्णपुर नगरपालिका ६का ६४ बर्षिया पुरुषले ज्यान गुमाएका छन । दोस्रो चरणमा महाकाली अस्पतालमा उपचारकै क्रममा ४३जनाले ज्यान गुमाईसकेका छन ।

दोधारा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा ४०बर्षिया युवकले ज्यान गुमाएका छन । भारतबाट फर्किएका युवा र घरमै रहेका जेष्ठ नागरिकको मृत्यु भएको छ । हालसम्म ९० भन्दा बढिले ज्यान गुमाएका छन । तर, सरकारले कञ्चनपुरको महाकाली सहित अन्य प्राथमिक, कोडिभ अस्पतालमा अक्सिजन समेत आपूर्ति गर्न नसकेको छैन । अक्सिजन अभावका कारण नागरिकले धमाधम ज्यान गुमाईरहेका बेलामा समेत सरकार गम्भिर भएको छैन । नागरिक समाज कञ्चनपुरका अगुवा अमिर तिरुवाले सरकारले कोरोना रोकथाम एव नियन्त्रणका लागि सरकारले पूर्व तयारी नगरेकै कारण नागरिकले अक्सिजन समेत नपाएर ज्यान गुमाउनुपर्ने बाध्यता लाजमर्दो भएको बताए । अझैपनि नागरिकको स्वास्थ्यप्रति सरकार गम्भिर भएर केही भयाभह अवस्था टार्न सकिने उनको सुझाव छ । महाकाली अस्पतालमा हाल ८९ बिरामी उपचारार्थ छन । तर उनीहरुका लागि दैनिक एक सय अक्सिजन शिण्डिर आवश्यक भएपनि ५०÷६०मात्रै आपूर्ति भईरहेको छ । महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर)ले अवस्था यस्तै रहे थप जटिल बन्दै जाने बताए । उनले अक्सिजन अभावकै कारण नागरिकलाई बचाउन समस्या भईरहेको बताए ।
अध्यक्ष जोशीले महाकाली अस्पतालमा अक्सिजन प्लान्ट जडानका साथै हाल आपूर्तिका लागि प्रदेश र संघीय सरकार जिम्मेबार बन्नुपर्नेमा जोडदिए । जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख फैरु तामाङ्गले जिल्लामै अक्सिजन प्लान्ट जडानका लागि पालिकासंग छलफल भईरहेको बताए । दैनिक मानिसको हाताहाती हुँदा समेत केही लठड्याता, तस्कर, कालोबजारी गर्ने समुह भने मानविय संकटका बेला गैर कानुनी धन्दामा छन ।






