माहामारी ः बेलौरीमा माहातस्करी तस्कर तह लगाउँदै कञ्चनपुर प्रहरी


कञ्चनपुर ,
अहिले नेपाल भारत दुवै देशमा कोरोना महामारीले मानिसलाई कसरी बाँच्ने चिन्ताले पिरोलिरहेको छ । स्थानीय प्रशासनले कोरोनाको चैन तोड्नका लागि जिल्लाभरी लकडाउन गरेको छ । तर, लकडाउन त्यसमै महामारीका विच बेलौरीमा महातस्करी भईरहेको छ । तस्करी समुहले आफु मात्रै होईन घर परिवार, छरछिमेकीलाई जोखिमा राखेर रातदिन तस्करी गर्न उद्यत छन । तर बेलौरीका सबै खुला सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरीलाई तस्कर नियन्त्रणमा चिन्ता छैन ।
गाँउ, शहर बजारमा लकडाउन कार्यान्वयन एव जनताको जिउधनको सुरक्षामा अहोरात्र खटिएका नेपाल प्रहरीलाई भने तस्कर तह लगाउन हम्मेहम्मे भएको छ । प्रहरीका अधिकारी एव अन्य कर्मचारीले भारतसंग सीमा जोडिएका मुल नाकामा सशस्त्र प्रहरी भएर पनि भारतबाट दैनिक बेलौरीका सबै नाकाहरुबाट खुलेयाम तस्करी भईरहदा महामारी निम्तिनुका साथै राजस्व छलिभईरहेको दुखेसो पोखका छन ।
प्रहरीलाई एकातिर जनताको जिउधनको सुरक्षाको चिन्ता अर्कोतिर भारतबाट भित्रिएको अवैध समान नियन्त्रणका लागि सकस भईरहेको छ । महामारीका बाबुजुत पनि नेपाल प्रहरीले तस्कर तह लगाउन सकृय भएपछि स्थानीयले सशस्त्र प्रहरीमाथि प्रशन गरिरहेका छन । जिल्ला प्रहरी कार्यालयको टोलीले बेलौरी नगरपालिका १० भुडा सशस्त्र प्रहरी बल(बिओपी) रहेकै स्थानबाट तस्करले भारतबाट भित्र्रिाएको ठूलो परिमाणको मलखाद बरामद गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिएको जानकारी अनुसार २११बोरा मलखाद सहित ट्रलि बरामद गरेको छ । झण्डै चार लाख ११ हजार बराबरको समान बरामद गरेको हो । यसका साथै प्रहरीले पूनर्वास क्षेत्रबाट समेत ंअवैध समान बरामद गरेको छ । प्रहरीका अनुसार पूनर्वास नगरपालिका ४ बाट ६० हजार बराबरका विजुलीका समान सहितका अखाद्य बस्तु बरामद गरिएका छन । प्रहरीले बेलौरी नगरपालिका १०भुडा क्षेत्रबाटै दुई लागु औषधका भारतीय तस्कर सहित पक्राउ गरेको छ । भारतीय नागरिक राजेन्द्र सिह, किशन सिहको साथबाट १२ग्राम ३६०मिनिग्राम ब्राउन सुगर बरामद गरेको छ । बरामद गरिएका समान भन्सार र नष्ट गरिएका छन । समान मात्रै बरामदले तस्कर मौलाएका छन । स्थानीयले तस्कर सहित समान बरामद गर्न सुझाव दिएका छन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक उमा प्रशाद चर्तुर्वोदीले कोरोनाका बेला गरिएको लकडाउनको लाभ उठाउँदै भईूरहेको गैर कानुनी गतिबिधी नियन्त्रणका लागि प्रहरी सकृय भएको बताए । यतिबेला गैर कानुनी काम रोक्न प्रहरीले कुनै कसर बाँकी नराख्ने बताउदै कञ्चनपुरका प्रहरी प्रमुख चर्तुर्बेदीले लकडाउनको पालना गर्दै सुरक्षित घरमै बस्न आग्रह गरेका छन । उनले लकडाउनको अनैतिक लाभ उठाउँदै गैर कानुनी काम गर्न सोचेको भए बन्द गर्दै सकारात्मक सोचतर्फ उन्मुख हुन समेत आग्रह गरेका छन । तस्कर समुहले महामारीका बेला गरिएको अपराध क्षम्य नहुने भन्दै स्थानीयले बेलौरी क्षेत्रमा हाल रहेको शसस्त्र प्रहरी भन्दा तेब्बर बृद्धि वा भारतसंगका नाकामा काँडेतारको माग अघि सारेका छन


ताजा समाचार

spot_img