भेन्टिलेटर फिर्ता मागप्रति मौलिक जरोकिलो पार्टिको ध्यानाकर्षण


कञ्चनपुर ,

सुदूरपश्चिम प्रदेश सरकारले बिभिन्न अस्पतालहरुमा रहेका भेन्टिलेटर फिर्ता माग गर्ने निर्णय प्रति मौलिक जरोकिलो पार्टिको ध्यानाकर्षण भएको छ।

सु.प प्रदेश सामाजिक विकास मन्त्रालयले जारी गरेको पत्र
सु.प प्रदेश सामाजिक विकास मन्त्रालयले जारी गरेको पत्र

प्रदेशको सामाजिक विकास मन्त्रालयले पहाडी जिल्लाका अस्पतालमा सञ्चालनमा नभइ थन्किएका भेन्टिलेटर फिर्ता मागेको समाचार प्रति पार्टिले विज्ञप्ति जारी गर्दे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

मौलिक जरोकिलो पार्टी सु.प ले जारी गरेको प्रेस विज्ञप्ति

प्रदेश सचिव सावीत्री जोशीद्धारा हस्ताक्षरीत विज्ञप्तिमा भनिएको छ–‘ कोरोना संक्रमणको महाव्याधी अघि प्रयाप्त तयारी गर्नुपर्ने बेलामा कुर्सीको लुछाचुडी समय खेल फाल्ने र समय घर्किसकेपछि प्रयोगमा नआएको भन्दै भेन्टिलेटर जस्तो संवेदनशील स्वास्थ्य सामाग्री फिर्ता माग्नु दुर्गम क्षेत्रका जनतामाथी अन्याय गरेको पार्टीको ठहर छ।’
अतः जिल्ला अस्पतालहरुबाट भेन्टिलेटर फिर्ता लिने निर्णय तत्काल सच्याउदै आवस्यक जनशक्तिको व्यवस्था गर्ने मौलिक जरोकिलो पार्टी, सुदूरपश्चिम सरकार सँग जोडदार माग गर्दछ विज्ञप्तिीमा भनिएको छ।


ताजा समाचार

spot_img