कञ्चनपुर उद्योग वाणिज्य संघले महाकाली अस्पताललाई दैनिक ५०शिलिण्डर अक्सिजन उपलब्ध गराउने


कञ्चनपुर ,
दोस्रो चरणमा बढ्दै गएको कोरोना महामारी रोकथामका लागि निजी क्षेत्र कञ्चनपुर उद्योग वाणिज्य संघले महाकाली अस्पताललाई दैनिक ५० शिलिण्डर अक्सिजन उपलब्ध गराउने भएको छ ।
बिहीबार उद्योग वाणिज्य सघका अध्यक्ष जंग बहादुर मल्ल सहितका पदाधिकारीले महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर)लाई सम्झौता पत्र हस्तान्तरण गर्दै दैनिक ५०शिलिण्डर अक्सिजन उपलब्ध गराउने भएका हुन ।महाकाली अस्पतालमा अक्सिजन अभावका कारण नागरिकले धमाधम ज्यान गुमाईरहेका खबर बाहिर आएपछि निजी क्षेत्र वाणिज्य संघले विषेश चासो दिदै समाजिक अभियानमान जुटेको छ । कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंग बहादुर मल्लले महामारीका बेला निजी क्षेत्रले नागरिकको जिवन रक्षाका लागि सक्दो सहयोग गर्ने बताए । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर)ले पनि महामारीको सामना र कोरोना परास्थ गर्नका लागि निजी क्षेत्रबाट आएको सहयोग अतुुलनिय हुने बताए ।


ताजा समाचार

spot_img