डडेल्धुरा , विश्वव्यापी रुपमा फैलिएको दोस्रो चरण काराेना भाईरसले विश्वनै आक्रान्त बनिरहेको याे विषम समयमा सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डडेल्धुरामा रहेका सात स्थानिय तह मध्ये सदरमुकाममा रहेकाे अमरगढी नगरपालिकाका जन प्रतिनिधिहरुले आफुले चढ्ने सरकारि गाडी लाई एम्वुलेन्स बनाउने घाेषणा गरेका छन्।

जनताकाे सेवाका लाथि याे निर्णय गर्नु भएकाे हाे । जन प्रतिनिधि जनता प्रति उदासिन भएकाे आराेप लागिरहेका बेलामा अमरगढीकाले भने याे निर्णय जनताकाे हितमा रहेकाे देखिन्छ। नगर प्रमुख , उप प्रमुख चढ्ने २३९ नं वाेलेराे जिप गाडि नै जनताका लागि एम्वुलेन्स बनाउने र नगरपालिकाकाे टिप्पर लाई सव वाहन बनाउने निर्णय गरेकाे नगरपालिकाका सुचना अधिकारी लाल वहादुर साँउदले बताउनु भो।

दोस्रो लहरको काेराेना भाईरस बढी खतरा संगै हानिकारक रहेकाे हुँदा दिनप्रतिदिन संक्रमणको उच्च चाप बढ्दै गएपछि मानिस हरुले अकालमै ज्यान समेत गुमाई सकेका छन। जनताकाे सर्वाेपरि हितलाई प्राथमिकतामा राखेर विभिन्न जनमुखि काममा अग्रसर रहेकाे अमरगढी नगरपालिकाले गरेका काम हरुकाे नागरिक स्तर वाट समेत प्रशंसा हुनेगरेकाे छ। सरकारि गाडि लाई यसरी ऐम्वुलेन्स र सव वहान बनाउने डडेल्धुरा पहिलाे नगरपालिका बनेको छ ।

काेराेना निन्त्रणका लागि सकृिय भुमिका खेलिरहेकाे नगरपालिकाले आफ्ना सवै संरचना परिचालन गर्ने क्रममा ११ स्वास्थ्य संस्थामा रहेका ४३ जना र विद्यालय नर्सिङ कार्यक्रममा कार्यरत १० जना स्टाप नर्स परिचालन गरेकाे छ।
यस्का साथै टाेल टाेलमा स्वयंसेविका समेत परिचालन गरेकाे छ।
सुदुर पश्चिम प्रदेशकाे एक मात्र संघिय अस्पताल डडेल्धुरा अस्पतालमा रहेकाे जनशक्ति अभाव लाई राहात गर्नुका लागि ४ जना स्वास्थ्यकर्मि पठाउने निर्णय गरेकाे छ। आकस्मिक उद्वार टाेलि गठन गरेकाे छ।
महेन्द्र माध्यमिक विद्यालयमा आईसाेलुसन संचालन गरेकाे छ, भने हप्तामा तीन दिन नगरपालिकामा स्वाव संकलनकाे व्यवस्था मिलाएकाे नगरपालिकाले जानकारी दिएकाे छ ।






