कोरोनाका कारण कञ्ञ्चनपुरमा ज्यान जाने क्रम रोकिएन

सेतीमा उपचारार्थ झलारीका एक युवकको मृत्यु


कञ्चनपुर, 
दोस्रो लहरको कोरोना भाईरसका कारण भटाभट कञ्चनपुरका नागरिकको ज्यान जानेक्र रोमिएको छैन । बुधबार महाकाली अस्पतालमा उपचारार्थ कुनैपनि नागरिकको ज्यान गएको छैन, तर सेती प्रादेशिक अस्पतालमा उपचारार्थ कञ्चनपुर झलारीका एक युवकको मुत्यु भएको छ । सेती प्रादेशिक अस्पतालको बुधबारको रिर्पोट अनुसार शुक्लाफाँटा नगरपालिका १० झलारीका ३६बर्षिया युवकको मृत्यु भएको छ । उनीसंगै सेतीमा उपचारार्थ ६ जनाको मुल्यु भएको जनाईएको छ । कोरोना रोकथामका लागि पूर्व तयारी नहुँदा अक्सिजन, आईसियू बेड नपाएका कारण गत साता दैनिक कञ्चनपुरका नागरिकले ज्यान गुमाउने संख्या बढि थियो । महाकाली अस्पतालले बुधबार सार्वजनिक गरेको रिर्पोट अनुसार हालसम्म ६सय २२जना निको भएर घर गएका छन । स्थानीय प्रशासनले कोरोनाको चैन तोड्नका लागि बैशाख मसान्तसम्मका लागि गरेको लकडाउनको पूर्ण पालना गर्दै जनताको ज्यानको सुरक्षामा ध्यान दिन निनम्र अनुरोध गर्दै आएका छन । लकडाउन आफ्नै लागि भएको भन्दै प्रशासनले अत्यावश्यक कामकाज बाहेक घरमै बस्न नागरिकमा अपिल परेको छ । सबै जनताको साथ सर्मथनले मात्रै कोरोना जित्न सकिने कञ्चनपुरका स्थानीय सरकारको भनाई छ । जिल्लाका ९वटै स्थानीय तह, बेलडाँडी, बेलौरी, पूनर्वास,लालझाडी,कृष्णपुर, शुक्लाफाँटा,बेदकोट,भीमदत्त र दोधाराचाँदनीले नागरिकमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै घरमै बसेर कृषिमा जुट्न आब्हान गरेका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img