अक्सिजन खरिदका लागि देवशक्ति सहकारीद्वारा महाकाली अस्पताललाई ५१ हजार सहयोग


कञ्चनपुर,
अक्सिजन नपाएर धमाधम नागरिकको ज्यान गईरहेको खबर बाहिर आएपछि कञ्चनपुरको देवशक्ति बचत तथा सहकारीले महाकाली अस्पताललाई नगद सहयोग गरेको छ । अक्सिजन खरिदका लागि भन्दै देवशक्ति बचत तथा सहकारीले बुधबार बिहान नगद ५१ हजार  सहयोग गरेको हो ।
सहकारीका तर्फबाट सचिव बिरेन्द्र प्रंशाद भट्टले महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर)लाई चेक हस्तान्तरण गरेका छन । चेक हस्तान्तरण गर्दै सचिव भट्टले महामारीका बेला सहकारीबाट सक्दो सहयोग गरेको बताएका छन । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष निजी क्षेत्रबाट सहयोग आईरहेको बताए । आएको सहयोगबाट स्वास्थ्य समाग्री खरिदका लागि मदत पुग्ने र महामारीका बेला सहयोगी हात बढिरहेका छन । महाकाली अस्पतालमा आईसियू, एनआईसियू बेड भरिभराउ र अक्सिजन अभावका कारण नागरिकले धमाधम ज्यान गुमाईरहेका थिए ।


Loading Viewer...

ताजा समाचार

spot_img