मानव बेचबिखन तथा ओसार पसार रोक्न दोधारा चाँदनीमा माईती नेपालको अनुशिक्षण


दोधारा 

मानव बेचबिखन तथा ओसार पसार नियन्त्रणको लागी क्रियाशिल संस्था माईती नेपाल कञ्चनपुर अन्तर्गत दोधारा चाँदनीमा गठित नगर स्तरिय सुरक्षित संजाल संग अनुशिक्षण बैठक सम्पन्न भएको छ् । स्वास्थ्य मापदण्ड अपनाई आज दोधारा चाँदनी नगरपालिका स्थित भानु माध्यमिक बिद्यालयमा माईती नेपाल कञ्चनपुर अन्तर्गत गठित सुरक्षित संजालका पाधिकारीहरु संग अनुशिक्षण बैठक सम्पन्न गरेको माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले जानकारी दिएका छन् । दोधारा चाँदनी नगरपालिका संग जोडिएको भारतको खुला सिमा क्षेत्रमा मानव बेचबिखनको करिडोर बन्दै गरेको अवस्थामा माईती नेपाल कञ्चनपुरले दोधारा चाँदनी नगर क्षेत्रमा नगर स्तरिय सुरक्षित संजाल गठन गरि बिभिन्न सचेतना मुलुक कार्यक्रमहरु संचालन गर्दै आएको छ् । संजाललाई अझ मजबुत तथा सशक्त बनाउन अनुशिक्षण बैठक संजाल संचालन गरिएको बताईएको छ् ।

No description available.

अनुशिक्षण बैठकमा कारोना संक्रमणको बारेमा सजग रहन समेत अनुरोध गरिएको छ् । कोरोना संक्रमणको बेला सिमा क्षेत्रमा मानव बेचबिखन तथा ओसार पसार हुन सक्ने हुदा सुरक्षित संजालका पदाधिकारीहरु चनाखो भएर बस्नु पर्ने कार्यक्रममा औल्याईएको छ् । मानव बेचबिखन कसरी हुन्छ ? बेचबिखन भएकाहरुलाई कती पिडा सहन गर्नु पर्ने हुन्छ भन्ने बारेमा भिडियो चित्र मार्फत जानकारी गराईएको थियो । नेपाल भारत खुला सीमा क्षेत्रका कारण नगरपालिका मानव बेचविखनको उच्च जोखिममा रहदै आएको सुरक्षित संजालका संयोजक खिमा चन्दले बताएका छन् । मानव बेचबिखन तथा ओसार पसारलाई नियन्त्रण गर्नका लागी सुरक्षित संजाल क्रियाशिल रहदै आएको संजालका संयोजक खिमा चन्दले बताए । मानव बेचविखन नियन्त्रणको कार्य संगै जनचेतनाको कार्यलाई समेत संग संगै लग्ने गरेको उनको भनाई रहेको छ् ।

No description available.

दलालहरुले अवैध बाटोको प्रयोग गरी चेलिवेटीलाई प्रलोभनमा पारेर भारत तथा अन्य मुलुक तर्फ लैजाने कार्य रोक्नका लागि विभिन्न चुनौतीको सामना गर्दै आउनु परेको माईती नेपाल कञ्चनपुका संयोजक महेश्वरी भट्टले बताए । किशोरी तथा महिलाहरु बढ्दो मोवाईल फोन र सामाजिक संजालको दुरुपयोगको कारण महिला तथा किशोरीहरु बेचबिखनमा पसेको थुप्रै उदाहरण बताउदै दोधारा चाँदनी नगरपालिका संग जोडिएको खुला सिमा क्षेत्रमा समय समयमा बिभिन्न प्रलोभन देखाएर महिला तथा किशोरीहरुलाई भारत तथा अन्यमुलुक लग्दै गरेको अवस्थामामाईती नेपालले उद्धार गरेको उनले बताए । सुरक्षित संजालका पदाधिकारीहरुले मानव बेचबिखन तथा ओसार रोक्न आफुहरु कटिबद्ध रहेको प्रतिबद्धता समेत जाहेर गरेका थिए । माईती नेपाल कञ्चनपुरले दोधारा चँदनीको नेपाल–भारत खुला सिमामा निगरानी राखी महिला तथा बालबालिकाहरुलाई परामर्श दिनुको साथै गाँउ बस्तीमा जनचेतनाका कार्यक्रम समेत गर्दै आएको कार्यक्रममा बताईएको
छ् ।

दोधारा चाँदनी नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले कञ्चनपुर लगाएत दोधारा चाँदनी नगर क्षेत्रमा माईती नेपालले बेचबिखनको क्षेत्रमा सशक्त आवाज आवाज उठाउदै आएको बताएका छन् । मानव बेचबिखनको क्षेत्रमा क्रियाशिल संस्था माईती नेपालले दोधारा चाँदनी नगरपालिका क्षेत्रमा थुप्रै महिला तथा किशोरीहरुको बेचबिखन हुनबाट जोगाएको भन्दै माईती नेपाल कञ्चनपुरको टोलीलाई बिशेष धन्यबाद दिदै दोधारा चाँदनी नगरपालिका कार्यालय माईती नेपाल संग सहकार्य गरि काम गर्न तयार रहेको समेत दोधारा चाँदनी नगरपालिकाका नगर प्रबक्ता सिजालीले जाहेर गरेका छन् ।

कस्ता महिला तथा बालबालिकाहरु बेचबिखनमा पर्न सक्छन, बेचिएका बालबालिकाहरुलाइ कुन कुन क्षेत्रमा लगाईन्छ, महिला हिसा किन र कसरी हुन्छ भन्ने बारेमा कार्यक्रममा बताईएको थियो । माईती नेपाल कञ्चनपुरले मुख्य मुख्य नाकामा सुचना तथा परामर्श केन्द्र स्थापना गरि जोखिमपुर्ण यात्रामा रहेका महिला वालवालिकाहरुको उद्धार, भारत लगाएतका देश बिदेशहरुमा यौन एवं श्रम शोषणमा परेका महिला वालवालिकाहरुको उद्धार, आवाशिय सेवा, मनोसामाजिक परामर्श, कानुनी सहायता, स्वास्थ्य सेवा लगाएतका सेवा प्रदान गर्दै शिप मुलक तालिम सहित परिवार र समाजमा पुर्नमिलन गर्ने कार्य माईती नेपालले कार्य गर्दै आइरहेको छ् ।


ताजा समाचार

spot_img