कञ्चनपुर

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी कञ्चनपुरको आउँदो जेठ अन्तिम साता जिल्ला सम्मेलन हुने भएको छ । अखिल क्रान्तिकारी कञ्चनपुरको सोमबार महेन्द्रनगरमा सम्पन्न भएको भेलाले जेठ ३० र ३१ ग्ते महेन्द्रनगरमा भव्य जिल्ला भेला गर्ने निर्णय गरेको हो । अखिल क्रान्तिकारी कञ्चनपुरका सचिव किशोर प्रशाद भट्टले क्रान्तिकारीले बेनोज पूर्ण संगठन विस्तार तथा सदृढिकरण अभियान अभियान संगै जिल्ला सम्मेलन गर्ने बताए । क्रान्तिकारी कञ्चनपुरका सचिव भट्टका अनुसार सम्मेलनका लागि जिल्ला अध्यक्ष बिरेन्द्र राज विष्टको संयोजकत्वमा मुल आयोजक समिति गठन गरिएको छ ।


कार्यक्रमका प्रमुख अतिथि अखिल क्रान्तिकारी केन्दीय उपाध्यक्ष विजय गौतमले संगठन विस्तार एव क्रान्तिकारीको काँधमा ऐतिहासिक अभिभारा आएको भन्दै एकजुट हुन आब्हान गर्नुभयो । प्रमुख अतिथी संगठन का उपाध्यक्ष तथा बेनोज पूर्ण संगठन बिस्तार तथा सुदृढिकरण अभियान का कमाण्डर बिजय गौतम, बिशिष्ट अतिथी पार्टी केंद्रीय सदस्य देबीलाल चौधरी अतिथि हरु पार्टी कार्यालय सदस्य देबेन्द्र ढुंगाना, केन्द्रीय सचिब तथा प्रदेश संयोजक मदन भूल ुरोशनु, प्रदेश सह संयोजक हरु, भीम भट्ट पार्वती नेगी दीपक रोकाया दीपक डीसी केंद्रीय सदस्य तथा जिल्ला इन्चार्ज बलराम पन्त केंद्रीय सदस्य हरु बैजन्ती कुँवर र रबिन जंग बस्नेत तथा सम्पूर्ण जिल्ला स्तरीय विद्यार्थि नेता नेता कार्यकर्ता हरुको उपस्थिती रहेको थियो ।







