सोमबार मात्रै कैलालीमा १४ सहित सुदूरपश्चिममा थप १८ जनामा कोरोना पुष्टि


काठमाडौं, जेठ १९
सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा गरीएको परीक्षणमा सोमबार थप १८ जनामा कोरोना पुष्टि भएको छ।

अस्पतालले सोमबार दिउँसो जारी गरेको विज्ञप्तिअनुसार विभिन्न स्थानबाट ल्याइएका थप नमूनाहरु परीक्षण गर्दा थप १८ जनामा कोरोना पुष्टि भएको हो।

प्रयोगशालाका इञ्चार्ज रमेश शाहीका अनुसार नयाँ संक्रमितहरु कैलालीका १४ जना, बैतडी, डोटी, अछाम र कञ्चनपुरका १(१ जना छन।

आइतबारसम्म अस्पतालको प्रयोगशालामा गरीएको परीक्षणमा २५ जनामा कोरोना पुष्टि भएको थियो। सोमबार दिउँसो थप १८ जनामा संक्रमण पुष्टि भएसँगै त्यो संख्या ४३ पुगेको छ।

थप १८ जना थपिएसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ४५ पुगेको छ। जसमध्ये ६ जना निको भइ घर फर्किसकेका छन। एक जनाको मृत्यु भैसकेको छ।


Loading Viewer...

ताजा समाचार

spot_img