बेलौरीमा थरुहटको जनसभा हुने


बेलौरी 

कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरीमा थरुहट थारुवान राष्ट्रिय समेलन तथा जनसभा हुने भएको छ । थरुहट थारुवान राष्ट्रिय मोर्चाको आयोजनामा यही बैशाख २० गते राष्ट्रिय सम्ेमलन एव जनसभा हुने भएको हो । काँग्रेस कञ्चनपुरका युवा नेता समेत रहेका थरुहट थारुवान राष्ट्रिय मोर्चाका कञ्चनपुर संयोजक पुष्कर चौधरीले सम्मेलन एव जनसभाका लागि नेताहरुलाई जिम्मेबारी दिएको बताए ।

उनका अनुसार थारु समुदायको अधिकार एव टीकापुर काण्डमा जेलमा रहेका निर्दोष थारु समुदायका नेताहरुलाई जेलमुक्त मुद्दा खारेजीका लागि दवावमुलक जनसभा एव सम्मेलन गर्न लागेको हो । नेता चौधरीले अधिकारका लागि सभा हुने भन्दै उक्त सभा शान्तिपूर्ण हुने बताए । सम्मेलन सम्पन्न गर्नका लागि पुष्कल चौधरीकै संयोजकत्वमा विभिन्न उप समिति समेत गठन गरिएका छन ।

उपसमितिले आफ्नो काम गर्ने छन । सम्मेलनका साँस्कृतिक कार्यक्रम एव विभिन्न राजनीतिक दलका नेताहरुबाट सम्बोधन गरिनेछ । बेलौरीका हुने सम्मेलन ऐतिहासिक र भव्य हुने आयोजकको दावि छ । कञ्चनपुर सहित अन्य जिल्लाहरुबाट समेत नेताहरु सहभागि हुनेछन ।


ताजा समाचार

spot_img